पर्वत बेनीमा सञ्चालित न्यू होराईजन आवासीय माविका विद्यार्थीको शनिबारस्वास्थ्य परीक्षण गरिएको छ । विद्यालयको प्राङ्गनमा बागलुङमा सञ्चालित प्रतिष्ठित सफल पोलिक्लिनिकको प्राविधिक सहयोगमा बालबालिकाको दाँत, आँखा, नाक, कान, घाँटी, ब्लड प्रेसरका साथै सफा र स्वस्थ्य रहन दैनिक अपनाउनुपर्ने गतिविधिका बारेमा जानकारी गराइएको थियो ।

सफल पोलिक्लिनिका सञ्चालनक दिपेन्द्र घिमिरेको नेतृत्वका स्वास्थ्यकर्मीले बालबालिका देखि कक्षा १० सम्म अध्ययरत करिव ५ सय विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको विद्यालयका सहायक प्रधानध्यापक अर्जुन पौडेलले बताए । ‘बेलाबेलामा स्वास्थ्य परिक्षणलाई निरन्तरता दिन्छौ,‘विद्यार्थीको स्वास्थ्यलाई प्राथमिकतामा राखेर शिविर सञ्चालन गरेका छौ’ पौडेलले भने। शिविरमा विद्यार्थीलाई दैनिक हात धुने अभ्यास सहित स्वास्थ्य परिक्षण गरिएको सफल पोलिक्लिनिकका सञ्चालक घिमिरेले बताए ।

‘विद्यालयसंग निरन्तर सहकार्य गर्नेछौ,‘यो विद्यालयसंग मेरो सम्बन्ध जोडिएको छ’ घिमिरेले भने । उनले केहीदिन अगाडी उपचारको क्रममा आमा गुमाएकी सन्ध्या घिमिरेलाई निशुल्क कक्षा १२ सम्म अध्ययर गर्ने गरी न्यू होराईजन आवासीय माविमा कक्षा ६ मा भर्ना गरेका थिए । सोही अवसरमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दल बहादुर जिसीले शिक्षासंगै खेलकुद, स्वास्थ्य लगाएतका अतिरिक्त क्रियाकलापमा समेत विद्यालयले आवश्यकता अनुसार समय ब्यवस्थापन गरेको बताए । बालबालिकाको स्वास्थ्य अवस्था पहिचान गरी उनीहरुलाई स्वास्थप्रति सचेत बनाउन र उपचार सेवामा पहुँच बढाउन शिविरको आयोजना गरिएको विद्यालयले जनाएको छ ।