मानव मस्तिष्क एक जटिल संरचना हो । मानिसलाई लाग्न सक्छ कि मस्तिष्कलाई कुनै पनि कृत्रिम गतिविधिबाट प्रभाव पार्न सकिँदैन । तर, त्यस्तो होइन । विभिन्न अनुसन्धानले भनेका छन्, त्यस्ता थुप्रै कृत्रिम गतिविधि छन्, जसले मस्तिष्कको न्युरोन्स बनाउन सक्छ । यस्ता गतिविधि र खाद्यपदार्थले स्मरणशक्ति वृद्धि गर्न ठूलो भूमिका निर्वाह गर्छ । मस्तिष्क बढाउनका लागि एउटा विधि हो, ध्यान । ध्यानले दिमागको शक्ति स्तरोन्नति गर्न अहं भूमिका निर्वाह गर्छ । ध्यानले तनाव कम, स्मरणशक्ति र ध्यान केन्द्रित गर्ने क्षमता बढाउँछ । मानव इन्सुलिन साइन्स फ्रन्टियर जर्नलको अध्ययनअनुसार ध्यानले डर र भावनात्मक चोट सहन सक्ने क्षमता बढाउँछ ।

बायाँ हातको प्रयोगले मस्तिष्कको तन्त्रलाई बलियो बनाउनुका साथै नयाँ न्युरोन्स पनि बन्छ । जसरी व्यायाम गर्दा शरीरमा स्फूर्ति आउने गर्छ, त्यसरी नै तुलनात्मक रूपमा कम सञ्चालन हुने बायाँ हातको कामले मस्तिष्कलाई ऊर्जावान् बनाउँछ । अध्ययनले देखाएको छ कि जब तपाईं बढी प्रयोग हुनेभन्दा अर्को हातले काम गर्नुहुन्छ, त्यतिवेला पूरै मस्तिष्कले एकसाथ काम गर्छ । मस्तिष्कको बायाँ गोलाद्र्ध दायाँ हात र दायाँ गोलाद्र्ध बायाँ हातसँग जोडिएको हुन्छ ।

२० मिनेटसम्म लगातार व्यायाम गर्दा मस्तिष्कको मांसपेशीलाई मजबुत बनाउँछ । व्यायामले मस्तिष्कमा आवश्यक अक्सिजनको पनि पूर्ति गर्छ । यसो हुँदा मधुमेह, मुटुरोगको सम्भावनालाई कम गर्छ ।

शारीरिक व्यायामले मस्तिष्क रसायनका लागि पनि प्रभावकारी भूमिका खेल्छ । सबैभन्दा महत्वपूर्ण कुरा त के भने व्यायामले नयाँ न्युरोनल कनेक्सनलाई उत्तेजित गरी न्युरोन्सको बनोटमा सहयोगी भूमिका निर्वाह गर्छ ।

एक अध्ययनअनुसार जगिङले शरीरको रक्तसञ्चारलाई बढाउँछ । जसका कारण मस्तिष्कका लागि अक्सिजन र पौष्टिक तत्व राम्रोसँग प्रवाह हुन्छ । अध्ययनबाट पत्ता लागेको छ कि जगिङ सुरु गरेको केही दिनपछि नै फुर्तीका साथ काम गर्न प्रेरित गर्छ ।

दिनमा छोटो समय आराम गर्दा वा एक झप्का निदाउने बानीले स्मरणशक्ति बढाउने काम गर्छ । यसो गर्दा देख्ने र सुन्ने शक्ति हुने मस्तिष्कलाई अझ ताजा बनाउने काम गर्छ ।

यदि तपाईं अल्जाइमर रोगबाट पीडित हुनुहुन्छ भने स्मरणसम्बन्धी समस्या हुन्छ । भिटामिन–१२ र ओमेगा–३ एसिडले स्मरणशक्ति बढाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । हरियो सागसब्जी, अन्डा, मासु र माछाबाट प्रचुर मात्रामा भिटामिन–बी पाउन सकिन्छ । अक्सफोर्ड अध्ययनका अनुसार माछाको प्रयोग गर्नाले होमोसिस्टिन एमिनो एसिडको काम गर्न थाल्छ र उमेर बढेसँगै बोझिलो बन्ने मस्तिष्कबाट छुटकारा दिलाउँछ । बदाम, भिटामिन–ईयुक्त खाद्यपदार्थले सम्झने शक्तिलाई थप बढाउँछ ।

पानी पिउँदा पनि मस्तिष्कको बढोत्तरी हुन्छ । पानीबाट तृप्त मानिसको मस्तिष्कले १४ प्रतिशत बढी काम गर्छ । यदि तपाईं कुनै जरुरी काम गर्न जाँदै हुनुहुन्छ या परीक्षामा सहभागी हुँदै हुनुहुन्छ भने पानी पिएर मात्र घरबाट निस्कनुस् । जर्नल अफ पोषण रिसर्चका अनुसार निर्जलीकरण हुँदा शरीरले मस्तिष्कबाट पानीको आपूर्ति गर्छ । मस्तिष्क जीवित रहनका लागि पनि पानी अत्यावश्यक हुन्छ ।