दुवै मृगौलाले काम गर्न नसकेपछि थलीएका मंगला गाउँपालिका ५ नेटाका १९ वर्षिया सुरेश छन्त्यालको उपचारका लागि उनको जन्मथलो अर्मनका विभिन्न संघ संस्थाले अभियान सञ्चालन गरेका छन् । परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा आवश्यक पर्ने लाखौ रकम जुटाउनका लागि अर्मनका सामुदायीक वन, युवा कल्व र आमा समूहले अभियान सञ्चालन गरेका स्थानीय युवा बाल रोकाले बताउनुभयो ।

आरुबोट सामुदायीक वन उपभोक्ता समूह छिसवाङले पन्ध्र हजार, सहयोगी आमा समूह दिहीले दश हजार, सत भावना आमा समूह छिसवाङ खहरेले पाँच हजार पाँच, अमर आमा समूहले सात हजार र सरस्वती आमा समूह छिसवाङले पाँच हजार रुपैया सहयोग गरेका छन् । काठमाडौको टिचीङ अस्पतालमा उपचाररत छन्त्यालको सहयोगका लागि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले देश बिदेशमा अभियान सञ्चालन गरेको छ । जनगारण युवा कल्वको नेतृत्वमा अर्मनमा अभियान सञ्चालन भएको छ ।