महाविरको अभियानमा अष्ट्रेलियाबाट अार्थिक सहयाेग

नेपाली युवालाई नयाँ–नयाँ आविस्कार, खोज र अनुसन्धानमा प्रेरित गर्ने उद्देश्यले राष्ट्रिय आविस्कार केन्द्र बनाउने महाअभियानमा होमिएका सामाजिक अभियन्ता महावीर पुनको अभियानमा सहभागी बन्दै अष्ट्रेलिया बाट २० हजार डलर सहयोग सकंलन गरि पठाएको छ ।

अष्ट्रेलियाको सिड्नीमा मोना अष्ट्रेलिया, जलजला परिवार, बेनी एफसी र मगर समाज अष्ट्रेलियाको संयुक्त संयोजनमा एशियाकै नोबेल पुरस्कार मानिने रामोन म्यागसेसे पुरस्कार बिजेता एबम अाविस्कार केन्द्रका अभियानकर्ता महाविर पुनको उपस्थितमा कार्यक्रमको आयोजना गरि कार्यक्रममा उपस्थितबाट सहयोग प्राप्त रकम सङ्कलन गरी २० हजार डलर अाविस्कार केन्द्रको नेपाल स्थित रहेको बैंक खातामा जम्मा गरिएको मोना अष्ट्रेलियाका कोषाध्यक्ष लक्की श्रेष्ठले बेनीअनलाइनलाइ बताउनुभयो छ ।

पचास करोड रुपैयाँ लागतमा आविस्कार केन्द्र बनाउन उनले करिब डेढ बर्ष अघिदेखि महादान अभियान चलाएका छन् । म्याग्दीका महाविर पुगेको यो अभियानलाइ मोना ( म्याग्दी प्रवासी नेपाली संघ) ले बिभिन्न देशहरूबाट सक्दो सहयोग गरेका छन । महाविर पुन को यो अभियानलाइ अष्ट्रेलियाबाट सहयोग गरि उनको अभियानमा सहभागी हुन पाउँदा निकै खुसी लागेको मोना अष्ट्रेलियाका अध्यक्ष हरि राम्जालीले बेनीअनलाइनलाइ बताउनुभयो ।