अनि पूजाकोठामा हुने कपूरको महत्त्वका बारेमा पनि तपाईं जानकार हुनुहुन्छ होला ।कपूरले घरको नकारात्मक ऊर्जालाई बाहिर निकाल्छ अनि अनेकौं रोगको उपचारमा यसको औषधि बनाइन्छ ।नरिवलको तेलले छाला र कपालको चमक बढाउँछ र यसमा भएको गुणले चाउरी पर्न पनि दिँदैन ।

नरिवलको तेल र कपूर मिसाउँदा यसको असर दुईगुणा बढ्छ ।

यो मिश्रणबाट हुने फाइदा जानिराख्नुस् –

आहारको कमी र प्रदूषणका कारण छालासम्बन्धी समस्या आउनु सामान्य भइसकेको छ । छालामा दाग देखिएर समस्यामा पर्नुभएको छ भने नरिवलको तेलमा कपूर मिसाएर छालामा दल्नुस् ।

छाला चिलाउने समस्या छ भने नरिवलको तेलमा कपूर मिसाएर मज्जाले मसाज गराउनुस् । यसो गर्दा चिलाउने समस्या हट्छ र ब्याक्टेरियल इन्फेक्सन पनि हटाउँछ ।

कपालको चायाँ आजकल धेरैजनाको समस्या हो र जाडोमा त झन् यो समस्या धेर बढ्छ । यसकारण कपाल कमजोर भएर टुट्न थाल्छ । चायाँ हटाउन नरिवलको तेलमा कपूर मिसाएर औंलाका टुप्पाले तालुमा मालिश गर्नुस् ।

छालाको एलर्जी हुनुमा फंगल इन्फेक्सन कारण हुन सक्छ । यस्तो अवस्थामा नरिवलको तेलमा कपूर मिसाएर एलर्जी भएको ठाउँमा लगाउँदा फाइदा हुन्छ ।

कपाल झर्ने समस्या छ भने त्यसलाई रोक्न नरिवलको तेलमा कपूर मिसाएर मसाज गर्नुस् ।

अनुहारमा डण्डीफोर आएर उदास हुनुहुन्छ भने नरिवलको तेलमा कपूर नै प्रभावकारी उपचार हो ।

बर्खाको मौसममा गोडाहरूमा फंगस आएर सेतो देखिन थाल्छ र चिलाउन थाल्छ । नरिवलको तेलमा कपूर मिसाएर गोडामा लगाउनुस् र केही क्षणपछि राम्ररी गोडा धुनुस् ।

चोटपटक र डढेको निशाना छ भने पनि यो मिश्रणले काम गर्छ ।

रुघाखोकी लाग्दा नरिवलको तेल र कपूर मिसाएर छातीमा दल्नुस् । त्यसबाहेक पानीमा तेल र कपूर हालेर त्यसको बाफ लिन समेत सक्नुहुन्छ ।

ध्यान दिनुस्, कपूर धेरै पुरानो चाहिँ हुनुहुँदैन ।