म्याग्दीमा राहदानी लिने पुरूषको तुलनामा महिला धेरै

??????????????????????????????????????????????????????????

जिल्लामा राहदानी बनाउने पुरुषको तुलनामा महिलाको संख्या धेरै रहेको पाइएको छ । बैदेशिक रोजगारीमा बढ्दो महिलाको आर्कषण संगै जिल्ला प्रशासन कार्यालयबाट गत आर्थिक बर्ष २०७४÷७५ मा जारी भएको २५ सय ८५ राहदानीमा १३ सय ४९ महिला र १२ सय ३६ पुरुष रहेका राहदानी शाखाले जनाएको छ ।

जिल्लाबाट पछिल्लो समय बैदेशिक रोजगारमा जाने पुरुषको भन्दा महिलाको संख्यामा बृद्धि भएको तथ्याङ्कले देखाएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए । ‘राहदानी बनाउनेमा महिलाको संख्या धेरै देखिएको छ,‘दु्रत तर्फको यहाँ जोडिएको छैन’ अधिकारीले भने । जिल्लामा प्रयाप्त रोजगारीको अभावका कारण छोराछोरीलाई समान्य खर्च जोहोसमेत गर्न नसकेपछि परिवारको चाहनामै विदेशीने महिलाको संख्या बढेको हुनसक्ने प्रजिअ अधिकारीको भनाई छ ।

उनका अनुसार जिल्लामा पुरुषको तुलनामा राहदानी लिने महिलाको संख्या बढ्नुमा परिवारै चाहना समेत हुनसक्ने बताए । उनले गत आवासम्म पुरुष र महिलाको संख्या छुट्टाउने गरिएको भएपनि चालु आवाबाट स्थानीय तह,जातजाति, बालबालिकाको समेत छुट्टै विवरण राखिने बताए । गतबर्ष राहदानी दस्तुरबाट मात्रै कुल१ करोड ४६ हजार ५३ हजार राजश्वको संकलन भएको थियो । आर्थिक बर्षमा २०७३÷७४ मा राहदानी दस्तुरबाट एक करोड ४३ लाख ४७हजार पाँचसय रुपैयाँ राजश्व जम्मा भएको थियो।

जिल्लाबाट बैदेशिक रोजगारीमा जानेको संख्या संगै रहेक बर्ष राजश्व समेत बढेको छ । शाखाको तथ्याङ्क अनुसार हराएको र विग्रिएकोमा राहदानी बनाउन आउनेमा महिला भन्दा पुरुष नै धेरै भएको अवस्थामा नयाँ जारी गरिनेमा महिलाको संख्या ह्वात्तै बढेको बताए। वैदेशिक रोजगारीमा जाने अधिकांश महिला बिवाहीत, श्रीमानले दोस्रो बिवाह गरेका, २ देखि ४ वटा बच्चा भएका रहेका छन्। १८ बर्ष देखि ३० बर्ष सम्मका महिला बढि खाडीमुलुक जाने गरेकाले पनि पछिल्लो समय खालीमा म्याग्दीमा महिला अलपत्र र समस्यामा परेका घटना सार्वजनिक हुने गरेको छ ।

खाडी मुलुकमा महिला घरेलु कामदारको अत्यधिक माग भएकाले भारत, यूएई हुदै विभिन्न देशमा पुग्ने गरेका छन् । खाडीमुलुक जानेमा ग्रामिण क्षेत्रका महिलाको संख्या धेरै रहेको पाइएको छ । खाडीमुलकुमा जाने म्याग्दीमा महिलामा अधिकांस संयुक्त अरब एमिरेट्स, कुवेत, मलेसिया रहेको छ । दलालको सञ्जालबाट नेपालका विभिन्न नाका हुदै भारतबाट खाडीमुलुकमा जाने महिला धेरै समस्यामा पर्ने गरेका छन् । लाहुरेको जिल्ला समेत भनेर चिनिने म्याग्दीमा माध्यामिकतहको पढाई सकेपछि नागरिता संगै राहदानी बनाउने गरिएकाले छ । जिल्लाबाट करिव ४० हजारको हाराहारीमा बैदेशिक रोजगारका रहेको अनुमान गरिएको छ । बैदेशिक रोजगारमा जानेहरुको संख्या बढ्दै जान थालेपछि हरेक बर्ष करिव ४ अर्वको हाराहारीमा रेमिट्यान्स भित्रिने गरेको छ ।