एसईइ पूरक परिक्षा: ३३% विद्यार्थीले ग्रेडबृद्धिका लागि आवेदन दिए

समान्यतःधेरै विद्यार्थीरू गणित विषय विषय देखि डराउँछन् । आधारभुत देखी माध्यामिक तहसम्म गणित विषयले विद्यार्थीर्ला निकै तनाव हुने गरेको छ । पढाईमा कमजोर र मध्यम दुवैखालका विद्य्रार्थीलाई गणित विषयकै कारण पढाईमा सकस हुने गरेको छ ।

विद्यार्थीमा गणित विषयको तनावले विद्यालयको नतिजा र सम्रग जिल्लाको शैक्षिक प्रगतिमा समेत ठुलै असर गरेको देखिन्छ । गतबर्ष लिइएको माध्यामिक शिक्षा परीक्षा (एसईई)मा म्याग्दीका निजी तथा सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीलाई गणित विषय फलामको चिउरा सावित भएको छ ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको तथ्याङ्कमा जिल्लामा निजी तथा सामुदायिक विद्यालयबाट परिक्षामा सहभागि भएका २२ सय ८६ जना परिक्षार्थीमा ७ सय ६३ जनाले ग्रेडबृद्धिका लागि आवेदन दिएका छन् । कुल सहभागि विद्यार्थीमा करिव ३३ प्रतिशत विद्यार्थीले ग्रेड बृद्धिका लागि लिइने पूरक परीक्षामा सबैभन्दा धेरै गणित विषयका ७११ जना विद्यार्थीले आवेदन दिएको इकाईका परिक्षा शाखा संयोजक एवम् बेनी नगरपालिका शिक्षा संयोजक विश्वप्रसाद रेग्मीले बताए ।

‘गणितको नतिजाले जिल्लामो रिजल्ट खस्किएको छ,‘नजिता खस्कनुको कारण खोज्दै छौ’ रेग्मीले भने । उनका अनुसार अंग्रेजीमा २०८, विज्ञान ७१, सामाजिक ७४, अतिरिक्त गणित ३४ रहेको छ । एउटै विद्यार्थीले गणित अगं्रेजी, विज्ञान विषयमा ग्रेडबृद्धिका लागि समेत आवेदन दिएको उनले बताए । जिल्लामा सामुदायिक र निजी विद्यालयका विद्यार्थीले ग्रेडबृद्धिका लागि आवेदन दिएका छन् ।

इकाईका प्रमुख दल बहादुर थापाले नतिजा खस्किएपछि विषयगत विषयका शिक्षक संग छलफल तथा आगामी दिनमा सुधारका योजना ल्याउने बताए । विगतमा गरिएका प्रयासले नतिजामा केही सुधार आएपनि अपेक्षा गरे अनुसार सुधार ल्याउन नसकिएको बताउँदै आगामी दिनमा परिक्षा केन्द्रित तयारीलाई परिवर्तन गर्नुपर्नेमा जोड दिइएको छ । ग्रेडबृद्धिका लागि आगामी साउन २३ गते देखी सञ्चालन हुने परिक्षामा डी प्लसभन्दा कम ग्रेड ल्याउने विद्यार्थीको संख्या धेरै रहेको छ।