एक अध्ययनले शुक्रकिट चिसो वातावरणमा राम्रो किसिमले विकशित हुने देखाएको छ । उक्त अध्ययनले पुरुषहरुले तातो पानीले नुहाउने बानीले नपुंसकताको कारण हुनसक्ने देखाएको छ । चिसो पानीले नुहाउँदा पुरुषमा शुक्राणुको उत्पादन पाँच गुणाले बढ्ने पनि एक तथ्यले फेला पारेको छ ।

जुन पुरुष काखमा ल्यापटप राखेर चलाउछन उनीहरुको प्रजनन क्षमता घट्छ । यदी तपाई आफ्नो ल्यापटप काखमा राखेर चलाउने गर्नुहुन्छ भने सावधान हुनुस् ।

डाक्टरहरुका अनुसार यसो गर्दा पुरुषहरुको स्पर्ममा असर पर्छ र तपाई पिता वन्ने सुखवाट टाढा हुन सक्नुहुन्छ । व्रिटेनमा भएको एक घटनाले यसलाई प्रमाणित गरेको छ ।

ब्रिटेनका स्कट रीड नामक एक ब्यक्ति पिता वन्न नसकेपछि उनले डाक्टरहरुसँग सल्लाह गर्नपुग्दा उनलाई डाक्टरले ल्यापटम काखमा राखेर चलाउने गरेको कारण देखाए ।

उनको शरीरमा स्पर्म भरपूर मात्रामा उत्पादन भएपनि स्पर्मले सक्रियता नपाएकाले यस्तो असर गरेको थियो । डाक्टरका अनुसार स्कटको स्पर्म हिट ड्यामेजको शिकार वनेको थियो ।

खासगरी ल्यापटप काखमा राख्दा ल्यापटपवाट निक्लिने तातो हावाका कारण यस्तो हुने गर्दछ । यस्तो समस्या खाना पकाउने काम गर्ने कुक वा सेफलाई पनि हुने गर्दछ । ताते ठाउमा काम गर्दा तीनीहरुको स्पर्म ड्यामेज हुने गर्दछ ।

 मज्जाले घाम ताप्नुहोस् । घाम ताप्दा भिटामिन डी प्राप्त हुन्छ । यसले मानिसमा प्रजनन क्षमता बढाउँछ । भिटामिन डी ले महिलामा सेक्स हर्मोन प्रोजेस्टोन तथा एस्टोजेनको स्तर बढाउँछ जसबाट महिनावारी नियमित हुने तथा गर्भधारण सहज हुन्छ । पुरुषमा घामले शुक्राणुको संख्या बढाउन मद्धत गर्छ ।

आराम गर्न समय निकाल्नुहोस् । महिलाहरुको प्रजनन क्षमतामा तनावले ठूलो असर पूराउँछ । तनाव र बढि व्यस्तताले पुरुषमा शुक्राणुको उत्पादन कम गर्छ र यौन इच्छा पनि घटाउँछ ।

दुध प्रसस्त खानुहोस् । एक अध्ययन अनुसार जो महिलाले दिनमा एक पटक दुग्धजन्य पदार्थ खान्छन् उनीहरुमा बाँझोपनको खतरा एक चौथाइले घट्छ ।

दुग्धजन्य पदार्थले अण्डासयको कामलाई नियमित तथा सन्तुलित बनाउँछ । धूमपान त्याग्नुहोस् । धूमपान गर्ने पुरुषमा नपुंशक बन्ने खतरा ५० प्रतिशत बढि हुने तथा धूमपानका अम्मली पुरुषहरुमा शुक्राणुको संख्या कम हुने अध्ययनले देखाएको छ ।

धूमपान गर्ने महिलाहरुको प्रजनन क्षमता धूमपान नगर्ने महिलाहरुको तुलनामा ३० प्रतिशत सम्म कम हुने विज्ञहरुको भनाई छ । धूमपानको कारण गर्भाशयमा गर्भाधान तथा भ्रुणको विकाश हुनमा समेत बाधा पर्नसक्छ ।