उपचारमा आर्थिक अभाव भएपछि ओछ्यानबाटै जिबन रक्षाको अपिल

म्याग्दीको बेनी नगरपालिका वडा ९ स्थायी घर भएको टिका बहादुर खत्रीको परिवारले ओछ्यान बाटै सहयोगको अपिल गरेका छन । आर्थिक अवस्था कमजोर भएका खत्री बिगत दुई महिना देखि हाडजोर्नीमा समस्या देखिएपनि आर्थिक अभावका कारण ओछ्यानमै थला परेका हुन ।

बेनी अस्पतालमा उपचारको क्रममा हाडजोर्नीमा गम्भीर समस्या देखिएकाले थप उपचारका लागि पोखरा जान चिकित्सकले सुझाव दिएपनि आर्थिक ब्यवस्थापन गर्न नसक्दा अस्पतालबाट घर फर्किएको पीडितको भनाई छ । जन्मदेखी नै दायाँ खुटा केही छोटोभएको खत्री जन्मदेखि नै अपांग खत्री सिंगो परिवारका साहरा हुन् ।

उनको दैनिकीले घर खर्च चल्ने गरेपनि विरामी भएर थला परेपछि परिवारमा समेत समस्या भएको पत्रकार निर्मल खत्रीले बेनीअनलाइनलाई बताए । ‘परिवारको अवस्था नाजुक छ । उहाँको दैनिकीबाटै घरमा चुल्हो बल्छ’ उनले भने । पीडित खत्रीको आमा, श्रीमती र दुई छोरा रहेका छन। उनको उपचारको लागि करिव ५ लाख रुपैया लाग्ने चिकित्सकको भनाई छ।