‘जो दुध बेचेर महिनामै लाख कमाउँछन्’

खाडीमुलुक कतारबाट फर्किएपछि जिल्लाको बेनीनगरपालिका–४ बास्कुनाका मन बहादुर खत्री अलमलमा परे। केही महिना घरायसी काममै खर्चिएपछि ०६८ सालमा १ लाख लगानीमा दुईवटा भैसी खरिद गरेर दुख बेच्न थाले । दुधबाट राम्रो आम्दानी देखेपछि केसीले अहिले ६ वटा भैसी र १ उन्नतजातको जर्सी गाईबाट दैनिक ७० लिटर दुध बजारमा लैजाने गरेका छन् ।

करिव २० लाखको लगानीमा गाईभैसीका साथै खोर ब्यवस्थापन गरेका केसीले मासिक एक लाख आम्दानी गर्ने गरेको बताए । ‘दुध बेचेर मासिक लाख भित्रिन्छ । विदेशमा जानुपुर्व यस्तो सोच आएको भए अझै धेरै गर्न सकिन्थ्यो जस्तो लाग्छ’ केसीले भने ।उनले प्रति लिटर दुधलाई ६० रुपैयाँमा विक्री गर्ने गरेका छन् । ‘हल्ला मेहनत गरेपनि राम्रो कमाई हुन्छ । पशुपालनमा राज्यको लगानी अझै पुगेको छैन’ उनले भने । पशुपालनबाट१५ लाखको संरचना,४ छोराछोरीलाई निजी विद्यालयमा पढाईरहेका केसीले तीनवटा भैसी र गाई थप्ने तयारीमा रहेको बताए ।

सदरमुकाम बेनी नजिकै पर्ने बास्कुनाकै तिलक गुरूङले समेत ४ वटा भैसी, ३ वटा गाईबाट दैनिक दुध विक्री गर्ने गरेका छन् । एकदशक विदेशी भूमिका विताएका गुरूङले आफ्नै सवारीसाधनमा दुध सदरमुकाम लैजाने गरेका छन् । ‘दैनिक दुईपटक दुध लैजान्छु । पशुपालनमा भविस्य देखेर लगानी बढाइरहेको छु’ उनले भने । बास्कुनाकै अगुवा कृषक समेत मानिने गुरूङले बार्षिक ४ लाखभन्दा धेरैको सुन्तला समेत विक्री गर्ने गरेका छन् ।

गाउँलेले सुन्तला र दुधमा जिल्लाकै पकेट क्षेत्र बनाउने अभियानमा जुटेपटि सम्बन्धित कार्यालयबाट समेत अपेक्षा गरे अनुसारको सहयोग पाइरहेका छन् । उपभोक्ताको घरघरमा दुध पु¥याउँदै आएका किसानले उपभोक्तालाई सन्तुष्ट बनाउन सकेमा मात्रै यो ब्यवसाय टिक्ने अनुभव सुनाउँछन् । सदरमुकाम आसपासका गाउँले दुध उत्पादनमा आर्कषित भएपछि केहीबर्ष अगाडीसम्म छिमेकी जिल्ला पर्वतको निर्भर हुनुपर्ने अवस्था विस्तारै अन्त्य हुदै गइरहेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । पशुसेवा प्राविधिक डिल्लीराम रेग्मीका अनुसार सदरमुकाम बेनीमा दैनिक करिव २ हजार खपत हुने गरेको बताए। ज्यामरुककोट, सिंगा, अर्थुङे, भकिम्ली, बंरजा सहित आसपासका क्षेत्रबाट १४ सय र छिमेकी जिल्लाबाट ६ सय लिटर दुध भित्रिने बताए । दैनिक २८ देखी ३ हजारको माग रहेकाले पनि कार्यालयले माग अनुसारको आपुर्ती गर्ने गरी कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए ।

उनले परजीवि नियन्त्रण, तालिम देखि आवश्यक लगानीका लागि सहजीकरण गरिरहेको बताए । विदेशबाट फर्किएकाहरू पशुपालनमा धेरै आर्कषित भइरहेकाले दुईतीनबर्ष भित्र दुधमा आत्ननिर्भर हुने समेत बताए । जिल्लाभर रहेका पशुपालक कृषकलाई लक्षित गरेर पशुसेवा कार्यालयले पशु विमा सहित दुध संकलन सहित उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने कार्यक्रम समेत सञ्चालन गरिरहेको छ ।

सिंगाबाटै बार्षिक करोड रुपैयाँको दुध
बेनपा–४ सिंगा गाउँबाटै बार्षिक करिब एक करोड रुपैयाँको दुध निर्यात हुने गरेको छ । गाउँमा जनभावना दुग्ध सहकारी संस्थाको स्थापना भएपछि घर–घरमा व्यवसायिक पशुपालनमा प्रोत्साहन गरिएको छ । सहकारी मार्फत तीनसय र किसानले ब्यक्तिगत रुपमा एकसय ५० लिटर दुध बजारमा पु¥याउने गरेको सहकारीका कोपिलाल पौडेलले बताए । ‘एक करोड त हिसावै देखिन्छ । यो भन्दा धेरै भित्रिन्छ’ पौडेलले भने । बजारमा प्रतिलिटर ८५ रुपैयाँ सम्म विक्री गर्ने भएपनि किसानले भने ६५ रुपैयाँ प्रतिलिटरमा दुध बेच्दै आएका छन् ।

गाउँबाट एउटै किसानले दैनिक ५५ लिटर सम्म दुध बेच्ने गरेका छन् भने करिब ४२ घरमा व्यवसायिक रुपमा गाई भैसी पालन गरिएको छ । पशुसेवा कार्यालयबाट नमुना सहकारीको पुरस्कार समेत प्राप्त गरेको सहकारीले संकलन गरेको दुधलाई बजार लैजान कर्मचारी समेत परिचालन गरिएको छ । सहकारी मार्फत दुध बेच्ने किसानलाई सहकारीकै खातामा पैशा जम्मा गर्ने व्यवस्था मिलाईएको छ । सहकारीले लगानी समेत गर्ने भएकाले पनि किसान सहकारीको अभियानमा आर्कषित छन् ।