बेनी–जोमसोम–कोरला दुई लेन

म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम हुँदै कोरला नाका जोड्ने सडक दुई लेनको बन्ने भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत व्यापारिक र पर्यटकीय महत्त्वको बेनी–जोमसोम–कोरला सडकको स्तरवृद्धि सुरु भएको हो । बेनीदेखि जोमसोमसम्मको ७६ किमि कालोपत्रे र जोमसोमदेखि कोरलासम्मको ११० किमि सडक स्तरवृद्धिको काम भइरहेको छ ।