वेष्ट प्वाइन्टको रजत महोत्सब सुरु

बेनीस्थित बिरौटामा अवस्थित न्यू वेष्ट प्वाइन्ट आवासिय माविले रजत जयन्ती महोत्सव मनाउन सुरु गरेको छ । २५ बर्ष पुगेको अवसरमा रजत जयन्ति बर्ष २०७४को अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको विद्यालयले आइतबार बेनीबजारमा झाँकी प्रर्दशन गरेका छन् ।आइतबार बेनीबजारमा २५ बर्षको अवसरमा जिल्लामा रहेका विभिन्न जातजातीको भेषभुषा र सस्कृतिलाई प्राथमिकता दिदै बाजागाजासहित विद्यार्थी र शिक्षकलले बेनीबजारमा झाँकी प्रर्दशन गरेका थिए ।

रजत जयन्ती बर्ष २०७४ को अवसरमा साप्ताहिक रुपमा आयोजित कार्यक्रममा विभिन्न खेलकुद तथा सास्कृतिक कार्यक्रम आयोजना गरिएको विद्यालयका शिक्षक कृष्ण जिसिले जानकारी दिए । विद्यार्थीमा लुकेर रहेको प्रतिभालाई उजागर गर्न विभिन्न खेलकुद तथा सास्कृतिक कार्यक्रम हुने छन् ।