चालकले बुझाए भेटाएको नगद सहित ५ लाखको समान

यहाँका एक जीप चालकले सडकमा भेटाएको नगद र ५ लाख बराबरको सामान फिर्ता गरेका छन् । छिमेकी जिल्ला बागलुङबाट म्याग्दीको सदरमुकाम बेनी जाने क्रमममा बेनी नगरपालिका–१ रत्नेचौरमा झोलामा रहेको नगद सहितको सामान हराएका एक फ्रान्सेली नागरिक डिन्मीको सामान सुरक्षित साथ बागलुङ रातमाटाका रत्ने सार्कीले प्रहरीको उपस्थिीतिमा फिर्ता गरेका हुन् । बेनीबाट जीपमा बागलुङ जाने क्रममा बाटोमा झोला भेटेपछि सार्कीले रत्नेचौर प्रहरी चौकीमा इन्र्जाज हेम जिसीलाई जानकारी गराएका थिए ।

सडक नजिक खसेको झोलामा नगद ४० हजार, पासर्पोट, टे«किङ भिसा, ल्याटपट, इलोक्ट्रोनिक सामाग्री सहित महत्वपुर्ण कागजात शनिबार एक कार्यक्रम गरी प्रहरी निरिक्षक सन्तोष रोकाको उपस्थितीमा सार्कीले आफुले फेला पारेको नगदसहितको महत्वपूर्ण झोलामा रहेका सम्पूर्ण सामान फिर्ता गरेका हुन् । ‘इमान्दारिताले खान पुग्छ, मैले भोलाभित्र भएका समानहरू प्रयोग गर्दा हराउने मान्छेले धेरै समस्या खेप्नुपर्ने थियो’सार्कीले भने ।

रत्नेचौर प्रहरी चौकीमा आयोजित कार्यक्रममा फ्रान्सेली नागरिक डिन्मीले नेपालीको इमान्दारितालाई नजिकबाट हेर्न पाएको बताए । फ्रान्सेली नागरिक डिन्मीले इमान्दारिता सबैभन्दा ठूलो मानवीय गुण भएको बताउँदै नेपाल भ्रमणमा धेरै नेपालीमा यस्तो देखेको बताए । उनले केहीदिनभित्र आफ्नो देश फर्कन आवश्यक पासर्पोट, ल्यापटपभित्र रहेका महत्वपूर्ण डकुमेन्ट हराएर पनि फेला पर्दा खुसी लागेको बताए । उनले नगद र घरायसी काममा समेत प्रयोग हुने सामान फिर्ता दिने चालक सार्कीलाई केही नगद समेत दिएका थिए ।

चालक सार्कीले भानु मावि रत्नेचौरका प्रधानध्यापक भरत खत्री सहितको उपस्थितीमा हस्तान्तरण गरेका थिए । सामान बुझाएपछि सार्कीलाई स्थानीयले समेत धन्यवाद दिए । प्रहरीले बाटोमा भेटाएका साम्रागीहरूलाई नजिकको प्रहरी चौकीमा बुझाउन प्रहरी निरिक्षक रोकाले अनुरोध गरे । उनले विगतमा समेत अलपत्र अवस्थामा भेटिएका गरगहना सहितका बहुमुल्य साम्रागीहरु भेटाएर बुझाउनेलाई प्रहरीले विषेश धन्यवाद दिएको बताए ।