के भन्छन बमको नजिक पुगेका निवर्तमान सांसद :बानियाँ (भिडियोसहित)

विस्फोट पराजित मानसिकताः गर्बुजा
लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार खमबीर गर्बुजाले मँगलबार दिउसो आफु लक्षित विस्फोटलाई पराजित मानसिकताको संज्ञा दिएका छन् । काँग्रेस म्याग्दीका जिल्ला सभापति समेत रहेको गर्बुजाले चुनाबी अभियानका क्रममा काँग्रेस र लोकतान्त्रिक गठबन्धनप्रति देखिएको जनलहर रोक्न यस्तो गरिएको बताए । ‘यो प्रायोजित घटना हो । काँतरहरुले गर्ने यस्तै हुन्’, उनले भने, ‘हामी लोकतन्त्रमा विश्वास राख्छौँ, खुल्ला प्रतिस्पर्धा गर्छौ र जनमतको कदर गर्छौ ।’ उनले डर, त्रास र धकी देखाएर आफ्नो अभियान नसेलाउने बताए । ‘जुन कार्यक्रम र तालिकामा हामी हिडेका छौँ, त्यसमा कुनै फेरदबल हुदैन’, उम्मेदवार गर्बुजाले भने, ‘जनताले हामीप्रति असख्य सहानुभूति देखाइराख्नुभएको छ, त्यो क्रम रोकिने छैन ।’
यस्तो भन्छन बमको नजिक पुगेका : बानियाँ
बेनी नगरपालिका वडा १ रत्नेचौर अर्जममा नेपाली कांग्रेस म्याग्दीको चुनाबी अभियान टोली बेनी नगरपालिका वडा २ ज्यामरुककोट जाने बाटोमा चुनावी अभियान टोलीलाई लक्षित गरि बम बिस्फोट गरिएको थियो । त्यही बम पड्कीदा नजिक पुगेका नेपाली कांग्रेस म्याग्दीका निवर्तमान सभापति निर्वतमान सांसद रेशम बहादुर बानियाँले दश वर्ष सम्म जनयुद्धको समयमा पनि हामीहरु लोकतन्त्र जोगाउनको लागि हिडेका कार्यकर्ता भएकोले आफुहरुलाई नाग्लो ठटाएर हात्ति तर्साको जस्तो गरेको बताउनु भएको छ।

चुनावी अभियान लिएर म्याग्दीका दुर्गम बस्ती सम्म पुग्दा यस्तो अवस्था नभएको र सदरमुकाम नजिकै यस्तो घट्ना हुनुले सुरक्षाको अवस्था निकै कमजोर भएको टिपणी गर्नु भएको छ । दुर्गम बस्तीमा भन्दा नगरपालिका भित्रका बस्तीहरु निकै त्रसित भएको उहाँको भनाई छ ।यसले सुरक्षामाथि पनि चुनौती थपिएकोले यस्ता उत्शृखल खालका गतिबिधी गर्ने जो कोहीलाई पनि कानुनी दायरमा ल्याउनको लागि प्रसाशनलाई अनुरोध गर्नु भएको छ ।