रुमखोला जलविद्युत परियोजना बन्द, ९ सय घरपरिवार अन्धकारमा

म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा अवस्थित रु रुम खोला लघुजलविद्युत् परियोजनाको विद्युतगृहमा बाढी पसेपछि विद्युत् उत्पादन बन्द भएको छ।शुक्रबार परेको अविरल बर्षासंगै आएको बाढीले ५१ किलोवाट क्षमताको परियोजनाको विद्युत्गृह को टर्वाइन लगायतका उपकरणमा क्षति भएको छ।

परियोजना भित्रका सबै भागमा बाढीले क्षती पुगेपछि गाउँपालिका अन्र्तरगतका विभिन्न ५ वटा वडाका ९ सय घरधुरी अन्धकारमा बस्न बाध्य भएको परियोजनाका सल्लाहकार एवम् म्याग्दी उद्योग वाणिज्य संघ दरवाङ इकाईका सभापति मोतीराज गौतमले बेनीअनलाइनलाई बताए ।

परियोजनाबाट निस्कोट, रुम, ओखरबोट, देवीस्थान र दरवाङका बासिन्दाले विद्युत् सुविधा उपभोग गर्दै आएका छन्।परियोजनाको विद्युतगृहमाथिको पाखोमा दरवाङ निस्कोट सडक निर्माणका क्रममा फालिएको माटो र सडकको ढल व्यवस्थापन नहुँदा बाढी हरेक बर्ष पटकपटक बाढीले क्षती पुग्ने गरेको छ ।

बाढीले परियोजनामा पुर्याएको क्षतीले समस्या उत्पन्न भएको छ । परियोजना जिल्लाकै नमुना मानिन्छ । ब्यवस्थिति र सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराएकाले पनि नेपालको नमुना लघुजलविद्युतको उपाधीबाट समेत सम्मानित भएको थियो । केहीबर्ष यता सडक विस्तार लगाएतका समस्याले परियोजनाले समस्या झेल्दै आएको छ । दशैंको अघिल्लो दिन विद्युतगृहमा क्षती पुगेपछि स्थानीयले बाढीले क्षती पुगेको स्थानमा मर्मतकार्य गर्न समस्या भएको स्थानीयले बताएका छन् ।