बावियाचौरमा ‘स्वच्छ मंगला बजार’ अभियान

पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२ बावियाचौरमा शनिबार सरसफाई गरिएको छ । उद्योग वाणिज्य संघ बावियाचौर इकाई, सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र र बावियाचौर प्रहरीको संयुक्त आयोजनामा स्वच्छ मंगला बजार अभियान अन्र्तरगत सरफाई कार्यक्रम गरिएको बावियाचौरबाट होमनाथ पाण्डेले बताए । ‘अभियान जारी रहन्छ, नमुना बजार बनाउने थप कार्यक्रमहरु समेत सञ्चालन गरिने छ’ पाण्डेले भने ।

उनका अनुसार गाउँपालिकाको केन्द्र समेत रहेको बाविाचौर मालिका र धौलागिरि गाउँपालिकाको प्रवेशद्धार समेत हो । बावियाचौर बजार नियमित सरसफाई, सार्वजनिकस्थलमा बृक्षारोपण, खानेपानी तथा बजारभित्र सरसफाईयुक्त बनाउने विविध कार्यहरु गरिने जनाइएको छ । बावियाचौरलाई नमुना बनाउने अभियानमा विभिन्न संघसंस्थाबाट समेत सहयोगको अपेक्षा गरिएको उद्योग वाणिज्य संघ बावियाचौर इकाईले जनाएको छ ।