कालिगण्डकी कोरिडोरमा भेडापालनको आर्कषण

रघुगंगा गाउँपालिका–१ बाँदुकका लक्ष्मण पुर्जाले तीन महिना अगाडी ३८ लाखको लगानीमा भेडी गोठ खरिद गरे। छिमेकी जिल्ला मुस्ताङको मार्चे लेकमा भेडापालन गरिरहेका गाउँकै बिमल फगामीबाट ३ सय ९ वटा भेडा, रेखदेखका लागी तीनवटा कुकुर सहित खदिर गरेका पुर्जाले ब्यवसायी भेडापालनबाट राम्रो आम्दानी देखेपछि ऋण खोजेर भेडापालनमा लगानी गरेको बताए।

‘जोखिपुर्ण भएपनि लगानी गरे अनुसारको आम्दानी हुन्छ ।आवश्यकता अनुसार थप गदैं जान्छु’ उनले भने ।जिल्लाको उत्तरी क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिका अन्र्तरगत पर्ने बेगखोला, हिस्तान, घार, शिख, दाना, भुरुङ तातोपानी सहित साविकका १० गाविस समेटेर बनाइएकोे कालिगण्डकी करिडोरमा ब्यवसायीक पशुपालन प्रतिको आर्कषण बढेको छ ।सानो लगानीबाट सुरू गरिएको भेडापालनबाट कृषकले अहिले बार्षिक १० लाख भन्दा धेरै आम्दानी गर्दछन् ।

बैदेशिक रोजगारबाट फर्किएका यूवाहरू धमाधम पशुपालनमा सक्रिय भएपछि बेगखोला, हिस्तान र शिखको पाउद्धार तथा आसपासका क्षेत्रमा कराडौंको मुल्य बराबरका भेडा, उन्नतजातका बाख्रपालन भइरहेको छ । शिखको पाउद्धार स्थीत खयरबराह र छिमेकी मुस्ताङको मार्चे लेक आसपासका क्षेत्रमा रहेका चरन क्षेत्रमा करिव ८ महिना र जाडोयाम बस्तीमै राख्ने गरिएका भेडा १५ हजार देखी ३५ हजार सम्म विक्री गर्ने गरिएको छ ।

चाडपर्व, पुजाआजामा विषेश कारोबार हुने भेडाहरूको खोजी गर्न ग्राहक चरन क्षेत्रमै पुग्न थालेपछि कृषक समेत उत्साहित देखिएका छन् । ‘पहिले धेरै समस्या थियो, सीपमुलक तालिमले अहिले धेरै सहज भएको छ’ दोवा घुम्ती मिलीजुली समुहका अध्यक्ष डम बहादुर राम्जालीले भने ।

उनका अनुसार समुह अन्र्तरगत रहेका भेडाहरूको नियमित स्वास्थ्य परिक्षण, चरन क्षेत्रको ब्यवस्थापन, गोठ सुधार कार्यक्रम सहित अनुदानले भेडापालनमा हरेक बर्ष कृषकको संख्या थपिदै गएको छ । ब्यक्तिगत तथा सामुहिक भेडापालनमा सक्रिय भएका कृषकको समुहले समस्या देखिए तत्कालै समाधान गर्ने संयन्त्र समेत बनाएकाले रोग नियन्त्रण लगाएतका समस्या समाधानमा सहज भएको बताए ।

करिडोर अन्र्तरगत सबैभन्दा धेरै भेडा शिखको खयरबराह र दोवा क्षेत्रमा छन् । करिडोरमा ६५ जना ब्यवसायीक भेडापालन गर्ने कृषकहरूको १२ हजारको हाराहारीमा भेडाहरू रहेको जिल्ला पशुसेवा कार्यालय म्याग्दीका प्राविधिक डिल्लीराम रेग्मीले बताए। विदेशबाट फर्किएका यूवाहरू भेडापालनमा जमेका छन् । यूवाहरूले प्रविधिको समेत प्रयोग गरेर भेडापालन गरेको पाईयो’ रेग्मीले भने । उनका अनुसार एउटा कृषकसंग ५० देखी ९ सयसम्म भेडाहरू रहेका छन् ।

उनले कालिगण्डकी करिडोरमा भेडापालन गर्ने कृषक हरेकबर्ष थपिन थालेपछि पशु उत्पादन निर्देशनालय मार्फत गोठ निर्माण, टहरा, भेडाबाख्राको आवतजावतका लागि बाटो निर्माण,चरन क्षेत्रमा विषालु भारपात ब्यवस्थापन, उन प्रशोधन तथा विक्री, भेडाको मासु विक्री कक्ष, प्रजोनन् योग्य थुमा वितरण लगाएत चालु आर्थिक बर्षमा ७० लाखको कार्यक्रम सञ्चालन गरिएको बताए । हरिकृष्ण गौतम