प्रदेश उद्योग वाणिज्यमा म्याग्दीका कुविरकुमार श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघ अन्र्तरगतको प्रदेश उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर–४ को कार्यकारी सदस्यमा म्याग्दीका कुविर कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । जेठ २७ गते पोखरामा सम्पन्न भएको प्रथम सभाबाट म्याग्दी उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष समेत रहेका श्रेष्ठ कार्यकारी सदस्यमा चयन भएको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यले बताए ।

‘प्रदेशमा पनि हाम्रो सहज पहुँच भएको छ’ शाक्यले भने । प्रदेशको उपाध्यक्षमा पर्वत उद्योग वाणिज्य संघका हरिओम लामिछाने चयन भएका छन् । यसैविच कार्यकारी सदस्यमा चयन भएपछि श्रेष्ठले आफ्नो कार्यकालमा रचनात्मक र उद्योग ब्यापारीको हितमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाए। केही महिना अगाडी सम्पन्न भएको नेपाल उद्योग वाणिज्य महासंघको महाधिबेशनबाट नगर तथा जिल्ला तर्फ केन्द्रिय उपाध्यक्षमा समेत म्याग्दीका प्रमोद श्रेष्ठ निर्वाचित भएका थिए ।