शिक्षक संघ बेनी नगर कार्यसमितिको सभापतिमा कासिराम सुबेदी

नेपाल शिक्षक संघ म्याग्दीको बेनी नगरपालीका स्तरीय कार्यसमितिको सभापतिमा कासिराम रेग्मी निर्विरोध चयन भएका छन् ।

शनिबार सदरमुकाम बेनीमा भएको प्रथम अघिवेशनबाट महिला उपाध्यक्ष जयन्ती सुबेदी, उपाध्यक्षमा मोहन सुबेदी, सचिव भरत थापा, अर्थ सहसचिवमा सुनिल बानियाँ, सहसचिव खुल्ला तर्फ सुरेन्द्र केसी, महिला सहसचिव अम्बिका पौडेल, समावेशी सहसचिव प्रमोद कुमार शाह, समावेशी सहसचिव जयलाल खत्री, अर्थसहसचिवमा यादव रिजाल, महिला अर्थ सहसचिव कल्पना श्रेष्ठ रहेको शिक्षक संघ म्याग्दीका अध्यक्ष दुर्गाराम सुबेदीले बताउनुभयो ।

त्यसैगरी सदस्यमा हरिप्रसाद ढुंगाना, तिलाराम थापा, प्रकाश सुबेदी, कर्ण बहादुर घर्ती, निलकुमारी छन्त्याल,चेतकुमारी खड्का र विष्णु कुमारी बानियाँ रहेका छन् । अधिवेशनले बेनी नगरपालिकाका ९ वटा वडा प्रतिनिधि समेत चयन गरेको छ । जसमा बेनपा–१ बाट दिल बहादुर महत, बेनपा–२ अर्जुन सुबेदी, बेनपा–३ मन बहादुर पुन, बेनपा–४ कासिराम पौडेल, बेनपा–५ मिन बहादुर खत्री, बेनपा–६ ठाकुर प्रसाद पौडेल, बेनपा–७ प्रविण श्रेष्ठ, बेनपा–८ गणेश खत्री, बेनपा– ९ लोकेन्द्र खड्का रहेका छन् । बेनपा १० को वडा प्रतिनिधि पहिलो बैठकबाट चयन गरिने छ ।

अधिवेशनको अवसरमा बेनी नगरपालीकाका मेयर हरिकुमार श्रेष्ठ, रघुगंगा गाउँपालीकाका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलीजा लगायत जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य नेत्रबहादुर महत, जिल्ला सदस्य माधवप्रसाद रेग्मी, अजयमिलन श्रेष्ठ, बेनी नगर सभापती अनोद श्रेष्ठ, संघका सल्लाहकार दिपक श्रेष्ठले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । नेपाल शिक्षक संघ म्याग्दीका अध्यक्ष दुर्गाराम सुवेदीको अध्यक्षता, सचिव गजेन्द्र श्रेष्ठको सञ्चालन र उपाध्यक्ष नगेन्द्र खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।