सफा र सुन्दर बेनी अस्पताल बनाउने अभियान

बेनी अस्पताल म्याग्दीलाई सुन्दर र सफा बनाउने अभियानमा अस्पतालका चिकित्सक सहितको टोली सक्रिय भएको छ। अस्पताल परिसरमा जथाभावी फोहोर फाल्दा विभिन्न किसिमको रोग फैलनुका साथै सेवाग्राहीमा नकारात्मक सन्देश प्रवाह हुने हुने भन्दै बेनी अस्पतालका अध्यक्ष माधव प्रसाद रेग्मी, अस्पताल प्रमुख डा. रोशन न्यौपाने लगाएतको चिकित्सक, कर्मचारीको सक्रियतामा नियमित सरसफाई अभियान सुरू भएको छ ।

अस्पतालको प्रवेशद्धार, विरामी कक्ष, कर्मचारी आवास सहित अस्पालका सबै क्षेत्रमा पुगेर फोहोर संकलन, झाँडी सरसफाई, बगैचा ब्यवस्थापन लगाएत सुन्दर अस्पताल बनाउने अभियान अन्र्तरगत सरसफाई गरिएको अस्पताल विकास समितिका अध्यक्ष माधव प्रसाद रेग्मीले बताए ।

‘हरेक दिन कर्मचारीले सरसफाई गर्नेछन् । प्रत्येक हप्ताको शुक्रबार सामुहिक सरसफाई गरिनेछ’ रेग्मीले भने । उनका अनुसार गुणस्तरीय सेवामा प्रदान गर्न दिनरात खटिएका चिकित्सकले समेत कुचो समातेर अभियानमा सहभागि हुदाँ फोहोर फाल्ने कार्यलाई समेत निरुत्साहित गर्ने बताए ।

विगतमा म्याग्दी उद्योग वाणिज्य संघ, लायन्स क्लव, म्याग्दी जेसीज, सहकारी, आमा समुह, विद्यालय, विद्यार्थी संगठनले साप्ताहि सरसफाई, बगैचा ब्यवस्थापन, फलफुल, बृक्षारोपण लगाएतमा कार्यमा सक्रियता देखाएपनि ती संघसंस्थाले नियमित सरसफाईमा चासो देखाएका थिएन् । अस्पताल भित्र विरामी, आफन्त र विभिन्न कामले गएकाहरुबाट समेत फोहोर गर्ने गरिएकाले प्रवेशद्धार देखी विरामीको बेडसम्म फोहोर संकलन गर्ने डस्विन समेत राखिएको छ ।

‘बेनी अस्पतला देशकै नमुना अस्पतला भित्र पर्छ ।हामीले सेवा संगै बाहिरी वातावरणलाई समेत सफा राख्नुपर्छ’ अस्पताल प्रमुख डा.न्यौपानेले भने । उनले ५० सैयाको अस्पतालको मान्यता प्राप्त गरेलगत्तै पुननिर्माैणको चरणमा रहेको अस्पताल आसपासका क्षेत्रमा दुर्गन्धित फोहोरलाई तत्कालै हटाउने गरी कर्मचारी समेत परिचालन गरिएको बताए । अस्पताल भित्र जथाभावी फोहोर गर्नेलाई कारवाहीको ब्यवस्था समेत गरिएको छ ।