दरवाङ–म्याग्दीखोला जलविद्युतको काम सुरु

पश्चिम म्याग्दीमा निर्माण हुने २५ मेगावाट क्षमताको दरवाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको काम सुरु भएको छ । करिब ५ अर्वको लागतमा म्याग्दी जलविद्युत सरोकार समिति अन्तर्गतको काठमाण्डौं–म्याग्दी इन्डेक्सन कम्पनिले निर्माण गर्न लागेको सो आयोजनाको पावरहाउसमा ड्रिलिङको सम्पूर्ण काम पूरा भइसकेको र ड्यामसाइडको काम पनि सम्पन्न भएको दरवाङ–म्याग्दीखोला जलविद्युत आयोजनाका डाइरेक्टर अमित गौचनले बताउनुभयो ।

डाइरेक्टर गौचनका अनुसार अहिले डिपिआरको काम अगाडी वढिरहेको छ । ‘ड्रिलिङको रिपोर्ट प्राप्त भएपछि जग्गा खरिदको प्रक्रिया अघि बढ्छ’आयोजनाको प्रवन्धक गौचनले भन्नुभयो ‘यो आयोजनामा म्याग्देलीको १०० प्रतिशत लगानी रहने र अपुग भएको रकम मात्र वाहिरबाट लिने हुँदा म्याग्देलीको गौरबको आयोजना पनि हो ।’

गत वर्षसम्म स्थानीयवासिन्दा र लजविद्युत आयोजनाका तत्कालिन संचालकहरुका बीच विवाद रहेकोमा गत माघदेखि म्याग्दी जलविद्युत सरोकार समिति अन्तर्गतको काठमाण्डौं–म्याग्दी इन्डेक्सन कम्पनिले जिम्मा लिएपछि हाल कुनै किसिमको विवाद नरहेको र देश विदेशमा रहेका म्याग्देलीहरुले ढुक्कसंग जलविद्युतमा लगानी गर्न प्रवन्धक गौचनले आग्रह गर्नुभयो ।

यस विषयमा पूर्व संचालकहरुसंग यस विषयमा कुराकानी गर्नका लागि सम्पर्क गर्नखोज्दा सम्पर्क हुन सकेन ।यो संगै म्याग्दीमा ११ जलविद्युत आयोजना निर्माणका चरणमा छन् । ती सवै आयोजनाको कुल उत्पादन क्षमता ३ सय ८ मेगावाट रहेको विद्युत विभागले जनाएको छ । धु्रबसागर शर्मा