रूमकी स्वास्थ्यकर्मी मिलन बुढाथोकीलाई जनसेवा श्री पदक

मालिका गाउँपालिका– २ र ३ रुमकी स्वास्थ्यकर्मी मिलन कुमारी बुढाथोकी जनसेवा श्री पदकबाट सम्मानित भएकी छन्। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्या देवी भण्डारीले दुर्गम क्षेत्रमा स्वास्थ्यको क्षेत्रमा पु¥याएको योगदानको मुल्याङ्कन गदैं विभुषित भएकी हुन् । राष्ट्रपति भवन सितल निवासमा आयोजित समारोहका बुढाथोकी सहित देशभरबाट उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थकर्मी सहित विभिन्न विधामा सम्मान गरिएको थियो ।

जिल्लाको सबैभन्दा धेरै जनसंख्या रहेको साविकको रुम गाविसमा मासिका पदबाट ०५५ सालमा स्वास्थ्य सेवामा प्रवेश गरेकी बुढाथोकीले मालिका गाउँपालिका अन्र्तरगत २ र ३ वडाका जनतालाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने गरेकी छन्। सेवामा प्रवेश गरेको एकबर्षमै स्थायी भएकी बुढाथोकीले अशिक्षा र अन्धविश्वासको विरुद्ध जनचेतनामुलक अभियान नै चलाएकी छन् ।

दलित र जनजातीको बसोबास रहेको रूममा एउटा बस्तीबाट अर्कोमा पुग्न करिव ४ घण्टासम्मको पैदलयात्रा गनुपर्ने अवस्थाका विच बुढाथोकीले समुदायलाई स्वास्थ्यका सेवाका बारेमा जानकारी गराउने गरी घरदैलो अभियान, स्वास्थ्यमा हाम्रो गाउँ लगाएतका राज्यले उपलब्ध नगराएका स्वास्थ्य सम्बन्धित कार्यक्रमहरू समेत स्थानीय संघसंस्थाको सहयोगमा सफलतापुर्वक कार्यान्वयन गरेकी छन् ।

‘मैले गरेको कामको मुल्याङ्कनले उत्साहित छु । पदकले सेवामा थप जिम्मेबारी थपिएको महसुस गरेको छु’ बुढाथोकीले बेनीअनलाइनलाई भने । भौगोलिक विकटताले सहजै उपचारबाट बन्चित भएका गाउँलेलाई क्लिनिक समेत सञ्चालन गरेकी बुढाथोकीले डाँडागाउँमा सामुदायिक स्वास्थ्य ईकाई समेत सञ्चालनमा ल्याएकी छन् ।

गरिवी र अशिक्षाकै कारण घरभित्र हुने प्रसुतीबाट बर्षेनी ज्यान जान थालेपछि सुरक्षित प्रसुती सेवा सहित गाउँमै बर्थिङ सेन्टर सञ्चालनमा समेत सक्रियता देखाएकी बुढाथोकीले जटिल अवस्थामा रहेका महिलालाई घरमै पुगेर सेवा दिने गरेकी छन् । नेपाल सरकारको लगानीमा अनमी अध्ययन गरेकी बुढाथोकीले रूमका जनतालाई स्वास्थ्य र आनिबानीमा परिवर्तन ल्याउने विभिन्न गैरसरकारी संस्थाका कार्यक्रमलाई समेत प्राथमिकाका साथ कार्यान्वयनमा जोड दिने गरेकी छन् ।

नेपाल सरकारबाट जनसेवा श्री पदकबाट समेत सम्मानित भएकी बुढाथोकीबाट स्वास्थ्यकर्मीले धेरै सिक्न सक्ने बेनी अस्पताल म्याग्दीमा प्रमुख डा. रोशन न्यौपानेले बताए । ‘उहाँले प्राप्त गरेको सम्मानले जिल्लाको प्रतिष्ठा उच्च बनाएको छ । स्वास्थकर्मीको मनोबल बढेको छ’ डा. न्यौपानेलले भने । राज्यको सिमित स्रोत र साधनका बाबजुत पनि स्थानीयस्तरमै सहयोग जुटाएर स्वास्थ्य क्षेत्रमा गरिएको प्रयास लगाएत विभिन्न सुचकका आधारमा सम्मान गर्ने गरिन्छ । हरिकृष्ण गौतम