अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा कांग्रेसका डमबहादुर पुन विजयी

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको प्रमुख/उप्रमुखमा कांग्रेस विजयी भएको छ। बुधबार सम्पन्न मतगणनामा नेपाली कांग्रेसका क्या. डमबहादुर पुन ३३२० मत ल्याएर विजयी हुनुभयो। उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका नारायण पुनले ३१२७ मत ल्याउनुभयो।

निर्वाचन अधिकृतको कार्यालय पोखरेवगरले दिएको जानकारी अनुसार गाउँपालिकाको उपप्रमुखमा कांग्रेसकै केशमायाँ तिलिजा मगर ३२४५ मत ल्याएर विजयी हुनुभयो। उहाँले एमालेकै दुर्गादेवी घिमिरेलाई ५९ मतले पराजित गर्नुभयो। १० हजार ५ सय १९ मतदाता रहेको अन्नपूर्णमा सात हजार १२ मत खसेको थियो।

६ स्थानीय तह रहेको म्याग्दीमा बेनी नगरपालिका, अन्नपूर्ण र मालिका गाउँपालिकामा कांग्रेसले विजयी हासिल गरेको छ। मतगणनाको अन्तिम चरणमा रहेको रघुगंगा गाउँपालिकामा पनि कांग्रेसकै उम्मेदवार भब बहादुर भण्डारी अग्रस्थानमा छ।त्यस्तै, धवलागिरि गाउँपालिकामा एमालेकी थमसरा पुन र मँगला गाउँपालिकामा एमालेकै शतप्रसाद रोका अग्रस्थानमा रहनुभएको छ ।