टिकोट मावि स्रोतकेन्द्रबाट आविष्कार केन्द्रलाई करिव ५ लाख सहयोग (विवरण सहित)

सामाजिक अभियान्ता महावीर पुनले सुरू गरेको राष्ट्रिय आविष्कार केन्द्र स्थापनार्थ अभियानम आर्दश मावि रिम स्रोतकेन्द्र अन्र्तरगत विद्यालयहरूले महादान गरेका छन् । स्रोतकेन्द्र अन्र्तरगतका शिक्षकले आफ्नो तलवबाट गरेको सहयोगलाई श्रोतब्यक्ति भरत कुमार पुन र टिकोट मावि टिकोटका प्रअ प्रदिप पुनले हस्तान्तरण गर्नुभएको छ ।

श्रोतकेन्द्रमा भएको प्रधानध्यापकको बैठकमा श्रोतब्यक्ती भरतकुमार पुनको संयोजकत्वममा आर्थिक सङ्कलन अभियानलाई प्रभावकारी बनाउन ११ सदस्यीय समिति समेत बनाइएको थियो । आर्दश मावि अन्र्तरगत १० वटा विद्यालयमा ९२ जना शिक्षक कार्यरत छन् । जिल्लाको राम्चे गाविसस्थित नांगीमा जन्मिएका पुन अमेरिकामा उच्च शिक्षा हासिल गरेपछि बेतारे इन्टनेटर मार्फत दुर्गम क्षेत्रमा इन्टरनेट, टेलिमेडिसिन, कृषि, पर्यटन लगाएतका क्षेत्रमा सक्रिय रहेका छन् ।

श्रोतकेन्द्र अन्र्तरगतका विद्यालयहरुमा इन्टरनेट सहित स्वास्थ्य सेवा विस्तारमा समेत अभियान्ता पुनको ठुलो भूमिका रहेको छ । महादान अभियानमा जुट्ने सबैलाई उनले धन्यवाद दिएका छन् । सन् २००७ मा एशियाको नोबेल पुरस्कार भनेर समेत चिनिने म्यागासेसे पुरस्कारबाट समेत सम्मानित भएका पुनले केन्द्र स्थापनाका लागि कास्की जिल्ला बेगनास तालको उत्तरपट्टीको ठुलाकोट भन्ने डाँडामा २० बर्ष अगाडी खरिद गरेको २८ रोपनी समेत केन्द्रको स्थापनामा प्रयोग गर्ने घोषणा समेत थिए ।

आफ्नो जन्मभूमीका शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनका साथै बेतारे इन्टरनेटमार्फत जनतालाई सुचना र प्रविधिको विस्तार गरेका पुनले केन्द्रमार्फत विद्युत उत्पादनका लागि तत्काल ५० करोड संकलन गरी बाँकी बैंकको ऋणबाट विद्युतगृह निर्माण संगै केन्द्रले खोज तथा अनुसन्धानका कामलाई समेत निरन्तरता दिने बताउँदै आइरहेका छन् । केन्द्रलाई यसअगाडी समेत जिल्लातहबाट समेत सहयोग गरिएको छ । यसैविच जिल्लाका ग्रामिण क्षेत्रमा रहेका सरकारी विद्यालय तथा म्याग्देलीले केन्द्र स्थापनामा आफ्नो क्षमता अनुसार सहयोग गर्ने बताइरहेका छन् ।
आर्थिक सहयोग गर्ने विद्यालय र रकम
१. टिकोट मा.वि. टिकोट हिस्तान रू ६८,१११।–
२. आदर्श मा.वि. रीमा हिस्तान रू ५२,०००।–
३. मण्डली प्रा.वि. औला हिस्तान रू २०,०००।–
४. शिवालय प्रा.वि. दोसल्ले हिस्तान रू १४,०००।–
५. घराम्दी नि.मा.वि. घराम्दी हिस्तान रू २२,६४४।–
६. हिमाञ्चल उ.मा.वि. नांगी राम्चे रू १,४१,८२२।–
७. देउराली नि.मा.वि. राम्चे रू ४८,०००।–
८. शान्ती कालिका प्रा.वि. थावन नांगी रू १३,०००।–
९. चन्द्र प्रा.वि. महभिर काफलडांडा रू १३,२५०।–
१०. काफलडांडा नि.मा.वि. काफलडांडा रू ५८,१७०।–
११. अन्य महानुभावहरु तथा निकायहरु बाट रू ४७,१११।—
संकलित जम्मा रकम रू ४,९८,१०८ (अक्षरुपी चार लाख अन्ठानब्बे हजार एक सय आठ रुपैयाँ मात्र)