नियमित योग गर्नोस् रोग भगाउनोस्

(धु्रबसागर शर्मा)
एघार वर्षदेखि दमका कारण सास्ती खोपेका बेनी नगरपालिका वडा नं ४ का खड्गवहादुर थापाको स्वास्थ्यमा एकाएक परिवर्तन आएको छ । रोगका कारण घरमै बसेर बित्ने उहाँको दिनचर्यामा पनि अहिले परिवर्तन आएको छ । उहाँ निर्धक्क गाउँमा हिँडडुल गरिरहेका भेटिनुहुन्छ ।

श्वासप्रश्वास प्रणालीमा उत्पत्र समस्याका कारण थलिएकी सुमित्रा पुन पनि रोगमुक्त हुनुभएको छ ।थापा र पुन स्वस्फूर्तरूपमा ठीक भएका होइत्र् न त कुनै चिकित्सकले दिएको औषधि सेवन गरेर नै उनीहरूले स्वास्थ्यलाभ गरेका हुन् । योग गरेर १५ दिनमै उनीहरूको स्वास्थ्यमा परिर्वतन आएको हो ।
दुई वर्षअघिदेखि योग सिकाउँदै आएका नविन आनन्द योग केन्द्रका प्रशिक्षक नविन जुग्जाली नियमितरुपमा योग गरे ‘ब्लड क्यान्सर’जस्ता रोग निको पार्न सम्भव दाबी गर्नुहुन्छ ।

योग साधकहरूका अनुसार योगबाट शरीरमा स्फूर्ति, ग्याष्ट्रिक, कपाल फुल्ने अल्सर, कब्जियत, गठिया, बाथजस्ता रोगहरू निको गर्न सकिन्छ । शारीरिक स्फूर्ति, दिमागी एकाग्रता र स्मरणशाक्ति बढाउनसमेत योग प्रभावकारी भएकोे बेनी वजारको वयोवृद्ध नैनकुमार श्रेष्ठले बताउनुभयो । त्यसैगरी नियमित रुपमा योग गरेका कारण आफ्नो स्मरण शक्ति बढ्नुका साथै मानसिक तनाववाट समेत मुक्ति मिलेको शिक्षक रामचन्द्र जैसीले वताउनुभयो।

‘पहिलेपहिले पढाउने विषयवस्तुबारे जति अध्ययन गरेर गएपनि बिर्सन्थे कापीमा लेखेर लग्नुपथ्र्यो, योग गर्न थालेपछि बिर्सने समस्याबाट मुक्ति मिलेको छ ।’ योगबाट प्राप्त लाभबारे उल्लेख गर्दै जैसीले भत्रुभयो । रोगमुक्त समाजको निमार्ण गर्न योगलाई देश व्यापीरूपमा विस्तार गर्न जरुरी भएको विचार योग प्रशिक्षक नविन जुग्जाली व्यक्त गर्नुहुन्छ ।

मानसिक र शारीरिक रूपमा नागरिकलाई सक्षम बनाइए देश उत्रतिको पथमा अघि बढ्नसक्त्रे उल्लेख गर्दै उहाँले अनुशासित समाजको निर्माण योग गर्नु श्रेयस्कर भएको बताउनुभयो । आठ प्रकारका प्रणायाम, १२ प्रकारका आसन र ६० प्रकारका योग गरे रोगबाट मुक्ति मिल्ने र स्फूर्ति बढ्ने वताउँदै प्रशिक्षक जुग्जालीले योगले शरीरमा सकारात्मक प्रभाव मात्रै पार्ने ठोकुवा गर्नुहुन्छ ।छिमेकी मुलुक भारतका झै नेपालमा समेत कक्षा ५ देखि कक्षा १२ सम्म योग बारे पाठ्यक्रममा समावेश गर्नुपर्ने उहाँको ठम्याई छ ।