धौलागिरि गाउँपालिकामा आन्दोलन जारी, रघुगंगाका असन्तुष्ट गाउँ भेटघाट अभियानमा

म्याग्दीको धौलागिरी गाउँपालीकाको केन्द्र ताकम हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका धौलागिरी गाँउपालीका नागरीक आन्दोलन संघर्ष समितिको आन्दोलन जारी छ । रघुगंगा गाउँपालीका नागरीक आन्दोलन संघर्ष समितिले मौवाफाँटलाई केन्द्र बनाउन समेटिएका गाउँमा भेटघाट अभियान चलाएका छन् । राज्य पुनसंरचनाका क्रममा धौलागिरीको केन्द्र मुना र रघुगंगाको केन्द्र पाखापानी कायम भएको छ । अन्य ठाउँमा कार्यलय सञ्चालन भएपनि दुई गाउँपालीकामा स्थापना हुन सकेको छैन् ।

रघुगंगा गाउँपालिका संघर्ष समितिका अगुवाहरुले गाउँपालिका अन्र्तरगतका बेगखोला, दग्नाम र चिमखोलाको समेत पिप्ले र भगवतीको जस्तै एकमत बनाउने गरी अभियान थालेका छन् । सरोकारवालाहरुले निर्वाचित जनप्रतिनिधिहरुले बहुमतको आधारमा केन्द्र परिवर्तन गर्न सक्ने अधिकार भएकाले आन्दोलनका कार्यक्रम फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन आग्रह गरेका छन् । यसैगरी जिल्ला प्रशासन कार्यालय म्याग्दीले स्थानीय तहको नयाँ संरचना अनुसार नागरीकता वितरण सुरु गरेको छ ।

गृह मन्त्रालयले राजपत्रमा प्रकाशन भएअनुसारको स्थानीय तहको विवरण सफ्टवयरमा समावेश गरेपछि नयाँ संरचना अनुसारकै नागरीकता जारी गर्न थालीएको सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले बताउनुभयो । सरकारले सरकारले म्याग्दीका पाँच गाउँपालिकाका कार्यकारी अधिकृत तोकिसकेको छ । मंगला गाउँपालिकका कार्यकारी अधिकृतमा विष्णुप्रसाद पौडेल, मालिका गाउँपालिकामा रोशन ज्ञवाली, धौलागिरि गाउँपालिकामा कृष्णप्रसाद गौतम, रघुगंगा गाउँपालिकामा छविलाल सुबेदी र अन्नतपुर्ण गाउँपालिकामा अच्यूत दाहाल रहेको संङ्घीय मामिला तथ स्थानीय विकास मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख गरिएको छ ।