म्याग्दीका क्याम्पसमा स्ववियु निर्वाचनको सरगर्मी

(सन्तोष गौतम)
आठ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिती नजिकिदै गर्दा म्याग्दीका क्याम्पस हरुमा चुनावी सरगर्मी बढेको छ । बेनीको म्याग्दी बहुमुखी क्याम्पस र बाबियाचौरको मंगला शिक्षा क्याम्पसमा फागुन १८ गते हुने स्ववीयु चुनावका लागि उमेद्वारहरुले प्रचारप्रसारलाई तिब्र बनाएका छन् ।

उमेद्वार, विद्यार्थी संगठन र राजनितिक दलका नेताहरुले स्ववीयु निर्वाचनलाई प्रतिष्ठाको रुपमा लिएका छन् ।घरदैलो, सामाजिक सञ्जाल, मोवाईल सम्र्पक, भेटघाटका माध्यमबाट भोट मागीरहेका छन् । वि.स २०६५ पछि हुन लागेको स्ववीयु चुनाबबाट आफ्ना नेता छान्ने अवसर पाउँदा विद्यार्थीहरु उत्साहीत भएका छन् ।

त्रिभुवन विश्व विद्यालय अन्तरगतका क्याम्पसमा प्रत्येक २र२ वर्षमा हुनुपर्ने स्ववीयु निर्वाचन विद्यार्थी संगठनहरुको बिवादका कारण यसअघि मिती घोषणा भएर पनि स्थगित भएको थियो । ४७७ जना मतदाता रहेको म्याग्दी बहुमुखी क्याम्पसमा प्रत्यक्ष निर्वाचीत हुने अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५ जना सदस्य पदका लागि २९ जना उमेद्वार चुनावी मैदानमा उत्रिएका छन् ।

म्याग्दी क्याम्पसमा नेविसंघले हरिकृष्ण आचार्य, अनेरास्ववियुले सावित्री केसी, नेकपा माओवादी केन्द्र निकटको अनेरास्ववियु क्रान्तिकारीले सुदिन पौडेल र विप्लप निकट अखिल क्रान्तिकारीले क्रान्तिकारीले सम्राट सापकोटालाई सभापतिको उमेद्वार बनाएको छ ।५४ जना मतदाता रहेको मंगला शिक्षा क्याम्पसमा प्रत्यक्ष निर्वाचित हुने तिन पदाधीकारी र ४ सदस्यका लागि चार वटा प्यानलबाट २१ जना उमेद्वार छन् ।

नेविसंघ र नयाँ शक्ति विद्यार्थी युनियनको संयुक्त प्यानलबाट रोशन अधिकारी, अनेरास्ववियुबाट अनिषा भट्टराई, अनेरास्ववीयु क्रान्तिकारी (प्रचण्ड)की कुशम पाण्डे र अखिल क्रान्तिकारी (विप्लप)का प्रेमबहादुर बिकले सभापतीमा उमेद्वार बन्नुभएको छ । मानुपातीतर्फ चयन हुने उपसभापति, सहसचिव सहित म्याग्दी क्याम्पसमा छ र मंगलाका चार जना उमेद्वारहरुको बन्द सूची समेत विद्यार्थी संगठनहरुले बुझाएका छन् । समानुपातीक निर्वाचन प्रणालीसंगै यस पटक स्ववियु निर्वाचनमा २८ वर्षे उमेर हदबन्दि समेत लागू भएको छ । विद्यार्थी संगठ र उमेद्वारहरुले विद्यार्थीको हक अधिकार, क्याम्पसको शैक्षिक गुणस्तर तथा भौतिक सुधार गर्ने लगायतका मुद्दालाई जोड दिएका छन् ।