Home » Archives by category » खेल समाचार (Page 3)

युएईमा जारी आईसीसी विश्वकप ट्वान्टी-२० छनोट क्रिकेटमा नेपाल अफगानिस्तानसँग ३४ रनले पराजित भएको छ । अफगानिस्तानले प्रस्तुत गरेको १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २३ रन मात्र बनाउन सक्यो । नेपालका लागि अनिल मण्डलले अर्धशकत बनाए पनि हार टार्न सकेनन् । उनले शरद भषबाकरसँग मिलेर ४७ [...]

Continue reading …

एएफसी च्यालेन्ज कप फुटबलको समूह चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल तुर्कमिनिस्तानसँग ३-० गोल अन्तरले पराजित भएको हो । खेलको सातौं मिनेटमा टागाएभको गोलबाट अग्रता लिएको तुर्कमिनिस्तानका लागि खेलको ७९ औं मिनेटमा चोङकाएभले गोल गरे । यस्तै ८९ औं मिनेटमा गोल गर्दै हृयाङ्गेलदिएभले तुर्कमिनिस्तानलाई ३-० को [...]

Continue reading …

डिफेन्डिङ च्याम्पियन उत्तर कोरिया एएफसी च्यालेन्ज कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ भने भारत समूह चरणबाटै बाहिरिएको छ । पहिलो खेलमा ताजकिस्तानसँग हार व्यहोरेको भारत आइतबार भएको दोस्रो खेलमा फिलिपिन्ससँग २-० ले पराजित भएपछि एक खेल अघि नै समूह चरणबाट बाहिरिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खेलको केही महिना अघि मात्र साफ च्याम्पियनसिपको [...]

Continue reading …

गाउँ गाउँमा रहेका खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले तरुण दल म्याग्दीले फागुपुणिर्माको अवसरमा खेलकुद क्षेत्रको विकासका लागि तरुणहरुको सहभागिता भन्ने मुल नाराका अन्तर गाविस स्तरीय पुरुष तथा जिल्ला स्तरीय खुल्ला भलिवल प्रतियोगिता शनिबार सकिएको छ । सदरमुकाम बेनीको खुल्ला मञ्चमा सञ्चालन भएको खेलमा पुरुष तर्फ३० र महिला तर्फ११ टिमको सहभागिता रहेको थियो । शनिबार सम्पन्न भएको [...]

Continue reading …

नेपाल एएफसी च्यालेन्ज कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको पहिलो खेलमा प्यालेस्टाइनसँग हारेको नेपाल शनिबार भएको दोस्रो खेलमा माल्दिभ्ससँग पराजित भएपछिसमूह चरणको अन्तिम खेल अघि नै उपाधि होडबाट बाहिरिएको छ । अब नेपालले पर्सी तुर्कमिनिस्तानसँग प्रतिष्ठाका लागि खेल्नेछ । दशरथ रंगशालामा भएको खेलमा नेपाल माल्दिभ्ससँग १-० गोल अन्तरले पराजित भएको हो । [...]

Continue reading …

लामो समययता नेपाली राष्ट्रिय फुटबल टिमले बिहीबार सर्वाधिक खराब प्रदर्शन गर्‍यो । प्यालेस्टाइनविरुद्ध बेहोरेको हारमा नेपाली खेलाडीको प्रदर्शन ‘राष्ट्रिय जर्सी’ को लायक थिएन । न त उनीहरूले एएफसी च्यालेन्ज कप र नेपालको प्रदर्शनलाई लिएर उत्साहित प्रशंसकहरूको भावनामा न्याय गर्न सके । प्रतियोगिताको पहिलो दिन दशरथ रंगशालामा भएको खेलमा बेहोरेको हारले नेपालको सेमिफाइनल पुग्ने समीकरण तुरुन्तै [...]

Continue reading …

विश्व फुटबलको नियमनकारी निकाय फिफा अध्यक्ष सेप ब्लाटरको उपस्थितिमा एएफसी च्यालेन्ज कप फुटबलको भव्य समारोहका बीच उद्घाटन भएको छ । दशरथ रंगशालामा भएको कार्यक्रममा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतियोगिताको उद्घाटन गर्नु भएको हो । अखिल नेपाल फुटबल संघ एन्फाले फिफा अध्यक्ष ब्लाटरलाई उद्घाटन गर्न मञ्चमा बोलाएपछि उहाँले प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । उद्घाटन समारोहमा प्रधानमन्त्री भट्टराईसँगै [...]

Continue reading …

एसियाली फुटबलको प्रतिष्ठित प्रतियोगिता एएफसी च्यालेन्ज कप आजदेखि राजधानीमा सुरु हुँदैछ । नेपालमा हुन लागेको लागेको यो सबैभन्दा ठूलो प्रतियोगिता हो । ८ देशको सहभागिता रहने प्रतियोगिताको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराहृन चार बजेपछि पिफा अध्यक्ष सेप ब्लाटरले उद्घाटन गर्नु हुनेछ । उद्घाटन समारोहमा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसँगै प्रमुख दलका शीर्ष नेताहरुको समेत सहभागिता रहनेछ । [...]

Continue reading …

स्पेनिस जाइन्ट बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो लेगमा बायन लिभरकुसनमाथि ७-१ को फराकिलो जित हात पारेको बार्सिलोना समग्रमा १०-२ को विजयी हुँदै अन्तिम आठमा प्रवेश गरेको हो । पहिलो लेगमा बार्सिलोना ३-१ ले विजयी भएको थियो । बार्सिलोनाको जितमा अर्जेन्टिनी स्टार लिओनल मेस्सी छाए । उनी एक्लैले पाँच [...]

Continue reading …

नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले देशमा युवाशक्तिमा रहेको खेल प्रतिभालाई राज्यले उचित अवसर नदिएको आरोप लगाएका छन् । राष्ट्रको अंगकै रुपमा रहेको खेल जगतलाई राष्ट्रले उचित संरक्षण गर्न नसकेको उहाँको भनाई छ । नेपाल तरुण दल जिल्ला कार्य समिति म्याग्दीले सदरमुकाम वेनीमा आयोजना गरेको गाविस स्तरीय पुरुष तथा जिल्ला स्तरीय खुल्ला महिला भलिबल प्रतियोगीताको [...]

Continue reading …

इङ्ग्लिस क्लब चेल्सीले प्रशिक्षक आन्द्रे भिलाज बाओजलाई बर्खास्त गरेको छ । यस सिजनमा खराब प्रदर्शन गर्दै आएको चेल्सी शनिबार राति भएको खेलमा वेष्टब्रोमसँग १-० ले पराजित भएपछि भिलाज बाओज बर्खास्तीमा परेका हुन् । ३४ वर्षीय भिलाज बाओज गत वर्षको जुनमा मात्र चेल्सीको प्रशिक्षकमा नियुक्त भएका थिए । टिमको प्रदर्शन र रिजल्ट सन्तोसजक नभएको र सुधारको [...]

Continue reading …

दक्षिण अफ्रिकाले न्यूजिल्याण्डविरुद्धको एक दिवसीय श्रृखला क्लिनस्वीप गरेको छ । अन्तिम तथा तेस्रो एक दिवसीयमा ५ विकेटको जित हात पार्दै ३-० ले श्रृखला आफ्नो पक्षमा पारेको छ । न्यूजिल्याण्डले प्रस्तुत गरेको २ सय ७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४३ दशमलव २ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । उसका लागि हसिम अम्लाले सर्वाधिक ७६ रनको योगदान [...]

Continue reading …

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लिभरपुललाई पराजित गरेको छ । शनिबार भएको खेलमा आर्सनलले केही दिन अघि मात्र कार्लिङ कपको उपाधि जितेको लिभरपुललाई २-१ गोल अन्तरले पराजित गरेको हो । आर्सनलका लागि खेलको अन्तिम मिनेटमा कप्तान रोविन भानपर्सीले विजयी गोल गरे । खेलको २३ औं मिनेटमा आर्सनलका कोसिन्ल्सीको आत्माघाती गोलबाट अग्रता लिएको लिभरपुलले त्यसलाई जोगाउन [...]

Continue reading …

पुलिसका धावकको उत्कृष्ट प्रदर्शन छैटौं राष्ट्रिय खेलकुदमा बुधबार पनि कायमै रहेको छ । पुलिसले प्रतियोगिताको चौथो दिन ३ स्वर्ण जित्यो । योसँगै एथलेटिक्समा उसको स्वर्ण संख्या १० पुगेको छ । अर्को विभागीय टिम एपीएफको स्वर्ण संख्या ६ पुग्यो । पुलिसका दुई खेलाडीले व्यक्तिगत दोस्रो स्वर्ण जिते । तिलकराम थारू र नरेन्द्रजंग शाहले दुई पदक चुमेका [...]

Continue reading …

अष्ट्रेलिया त्रिकोणीय एकदिवसीय क्रिकेट श्रृखलाको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा भारतलाई ८७ रनले पराजित गर्दै अष्ट्रेलिया एक खेल अघि नै फाइनलमा प्रवेश गरेको हो । हारपछि भारतको भने फाइनल प्रवेश कठिन भएको छ । अष्ट्रेलिया १८ अंकसहित शीर्ष स्थानमा छ भने दुई खेल खेल्न बाँकी श्रीलंका १५ अंकसहित अंत तालिकाको दोस्रो स्थानमा [...]

Continue reading …