काठमाडौं, बैसाख २५/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले देखिएको राजनीतिक सङ्कट चाँडै समाधान हुने बताएका छन् । नेपालमा रहेको संयुक्त राष्ट्रसंघीय मिसन अनमिन प्रमुख करिन ल्यानग्रिनसंग विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले अहिलेको राजनीतिक घटनाक्रमले संविधान निर्माण प्रकृयालाई कुनै असर नगर्ने बताए । पछिल्लो राजनीतिक सङ्कटले नेपालको शान्ति प्रकृयामा असर पर्न सक्नेतर्फल्यानग्रिनले आशङ्का [...]
Continue reading …खनाल र नेपाल जो प्रधानमन्त्री भए पनि हुन्छ प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति कोइरालाबीच भेट काठमाडौं, वैशाख २४ – नेपाली कांग्रेस एमाले अध्यक्ष झलनाथ खनाल र नेता माधव नेपाल मध्ये एकजनालाई प्रधानमन्त्री बनाउन लागि परेको छ। माओवादीपछि संविधानसभामा सबैभन्दा ठूलो दल भए पनि कांग्रेसले यसपटक सरकारको नेतृत्व एमालेलाई दिन तयार मात्र भएको छैन त्यस्का लागि [...]
Continue reading …माधव ढुङ्गेल, काठमाडौं वैशाख २४-राष्ट्रपति रामवरण यादव र संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङबीच संसद अवरुद्ध भएको अवस्थामा नयाँ सरकार गठनको प्रक्रियाका सम्बन्धमा छलफल भएको छ। साँझ पाँच बजे शितल निवासमा भएको भेटमा सभामुख नेम्वाङले प्रधानसेनापतिलाई पदमै रहेर काम गर्न दिने राष्ट्रपतिको आदेश फिर्ता नभएसम्म सदन चल्न नदिने माओवादी सभासद्हरुको माग बारे अवगत गराएका थिए । राष्ट्रपतिले [...]
Continue reading …गणतन्त्र नेपालका राष्ट्रपतिले संबैधानीक कु गरेको भन्दै अहिले बेलुका ७ बजे पछि माओबादी बेनीमा मसाल जुलुस पर््रदर्शन गरेको छ । माओबादीका कार्यकर्ताहरुले बेनीको बिरेन्द्र चोक बाट सुरु गरेको मसाल जुलुसले बेनी बजारको परिक्रममा पछि बिरेन्द्र चोकमै पुन पुगेर जुलुस सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै बक्ताहरुले राष्ट्रपतिले सदनमा आएर माफी नभागे सम्म आफुहरुको [...]
Continue reading …महाकाली नदीमा जडान गरिएका तुईन काटिए महेन्द्रनगर बैशाख २३ – नेपालमा राजनीतिक परिस्थिति फेरिएपछि भारतले नेपालसित जोडिएको सीमामा कडाई गरेको छ। माओवादी भारत पस्ने तथा हातहतियार ओसार पसारको आशंका गर्दै भारतले सीमामा कडाई गरेको हो। आन्तरिक सुरक्षामा असर पर्ने भन्दै भारतीय सुरक्षाकर्मीले महकाली नदीमा जडान गरिएका तुईन काटिदिएका छन्। भारतसीत सीमाना जोडिएको दार्चुलाको हुती सुनसेरा [...]
Continue reading …काठमाडौं, वैशाख २३- प्रधानमन्त्री पुष्पकमल दाहालले अब बन्ने सरकार पनि माओवादीकै नेतृत्वमा हुने बताएका छन्। तीन दिनअघि सार्वजनिक भएको भिडियो प्रकरणबारे आयोजित पत्रकार सम्मेलनमा दाहालले भने- ‘माओवादीको नेतृत्वमा सरकार बन्छ।’ नयाँ सरकार सहमतिमै बन्ने पनि दाहालले बताए। नयाँ सरकार बन्नुपहिले राष्ट्रपतिबाट भएको द्वैध शासन अन्त्य हुनुपर्नेमा दाहालले जोड दिए। करिब आधा घन्टा लामो पत्रकार सम्मेलनमा [...]
Continue reading …काठमाडौं, वैशाख २३ – सर्वोच्च अदालतले हदबन्दीभन्दा बढी जग्गा जफत गरी कानुन बमोजिम वितरण गर्न सरकारको नाममा परमादेश जारी गरेको छ । भूमीसुधार ऐन २०२१ ले व्यवस्था गरेबमोजिम जग्गा जफत गरी वितरण गर्न न्यायाधीश कल्याण श्रेष्ठ र सुशिला कार्कीको संयुक्त इजलासले बुधबार उक्त आदेश जारी गरेको हो। ऐन हालसम्म लागु नभएकाले स्थानीयवासी जग्गा पाउनबाट बन्चित [...]
Continue reading …काठमाडौं, वैशाख २३ – सर्वोच्च अदालतले प्रधानसेनापति रुक्मांगत कट्वालको उमेर सम्बन्धी विवादमा जंगी अड्डासँग सिटरोल फारम माग गरेको छ। सिटरोल फारममा भर्ती भए देखिका हरेक विवरण राखिएका हुन्छन्। न्यायाधीश दामोदारप्रसाद शर्मा र राजेन्द्रप्रसाद कोइरालाको संयुक्त इजलासले बुधबार सिटरोल फारम पेश गर्न जंगी अड्डाका नाममा आदेश जारी गरेको हो। सेनापति कट्वालले २००१ साल हुनुपर्नेमा चार वर्ष [...]
Continue reading …२३ बैशाख, काठमाण्डौ । परराष्ट्रमन्त्री उपेन्द्र यादवले राष्ट्रिय सहमतिबाटै राजनीतिक निकास निकाल्नुपर्ने बताउनुभएको छ । विदेश भ्रमणमा रहनुभएका मन्त्री यादव नेपालमा राजनीतिक घटनाक्रम बदलिएपछि भ्रमण छोट्याएर स्वदेश फर्कनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरागर्दै यादवले जसको नेतृत्वमा राष्ट्रिय सहमति हुन्छ उसैको नेतृत्वमा सरकार बन्नुपर्ने बताउनुभयो । उहाँले आफू भर्खर स्वदेश फर्किएकोले सहमतिका लागि पहल [...]
Continue reading …तपाईको मोबाइल सुरक्षित छ ? नेपाल टेलिकमका अनुसार मुलुकमा चलिरहेको मोबाइलमध्ये २२ हजारभन्दा बढी भाइरसले ग्रस्त छन् । नेपाल टेलिकमले यसको समाधान ल्याएको छ । टेलिकमको वेबसाइड ´डब्लुडब्लुडब्ल. एनटीसी नेट एनपी´ टाइप गरेर होमपेजमा आउने ´प्रभावित मोबाइल नम्बर´ मा क्लिक गरेपछि आफ्नो मोबाइलमा भारस छ छैन थाहा पाउनु सक्नु हुन्छ । टेलिकमले आफै सातवटा अन्तर्राष्ट्रिय [...]
Continue reading …२३ बैशाख, काठमाण्डौ । नयाँ प्रधानमन्त्री चयनका लागि संबिधानसभाले आज कार्यतालिका तय गर्दै छ । अपरान्ह एक बजे वस्ने संबिधानसभा कार्यब्यवस्था परामर्श समितिको वैठकमा राष्ट्रपतिको आह्वान बमोजिम नयाँ प्रधानमन्त्री चयनको कार्यतालिका बनाउन लागिएको हो । समितिले तयार गरेको कार्यतालिका संबिधानसभाबाट घोषणा गर्नुपर्ने भएपनि माओवादी अबरोधका कारण सुचना टाँस गरी जानकारी गराउन लागिएको संबिधानसभा सचिवालयले जनाएको [...]
Continue reading …२२ वैशाख, काठमाण्डौं । एकीकृत नेकपा (माओवादी) का जनवर्गीय सङ्गठनले राष्ट्रपतिको निर्देशनविरुद्ध सङ्घर्षका विभिन्न कार्यक्रम घोषणा गरेका छन् । जसअनुसार वैशाख २३ गते युवाले विशिष्ट प्रदर्शन, दिउँसो राष्ट्रपतिको असंवैधानिक कदम र नागरिक सर्वोच्चता विषयक अन्तक्रियात्मक गोष्ठी गर्ने तथा मंगलबार साँझ विशिष्ट डिओसीद्वारा मसाल जुलुस निकाल्ने कार्यक्रम छ । यस्तै वैशाख २४ गते राष्ट्रपति भवनमा महिलाद्वारा [...]
Continue reading …काठमाडौं, वैशाख २१, – राष्ट्रपति रामवरण यादवले सरकारद्वारा हटाइएका प्रधानसेनापति रुक्मांगत कट्वाललाई पदमा कायम रहन दिएको निर्देशन संविधानविपरित भएकाले खारेज गर्न माग राखी सर्वोच्च अदालतमा सोमबार रिट दायर गरिएको छ। राष्ट्रपतिलाई आफ्नो स्वविवेकले काम गर्न पाउने संविधानले कुनै अधिकार नदिएको हुँदा प्रधानसेनापतिलाई बहाल रहन दिएको पत्र गैरसंवैधानिक भएको भनी इन्हुरेड इन्टरनेशनलका तर्फबाट अधिवक्ताहरु श्रीकृष्ण सुवेदी [...]
Continue reading …काठमाडौँ, वैशाख २१ (रासस)- मन्त्रिपरिषद्को आइतबारको बैठकले राष्ट्रपति रामवरण यादवले प्रधानसेनापति रुकमाङ्गत कटवाललाई पदमै रहनु भनी लेखेको चिट्ठी लोकतान्त्रिक मूल्य मान्यताविपरीत र गैरसंवैधानिक भएको ठहर गरेको छ । बैठकपछि सरकारका प्रवक्ता तथा सूचना तथा सचारमन्त्री कृष्णबहादुर महराले पत्रकारहरुलाई बैठकबारे जानकारी गराउँदै बैठकले सो निर्णय फिर्ता लिन राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको बताए। आजको बैठकले नेकपा [...]
Continue reading …प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ सहित वैशाख २० – सेनापति विवादका कारण प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिएका छन्। दाहालले असंवैधानिक किसिमले सिर्जना गरिएको द्वेध सत्ता निराकरण गर्न र खतरामा परेको परेको लोकतन्त्रको रक्षाका लागि राजीनामा दिएको बताए। राष्ट्रको नाममा सम्बोधन गर्दै राजीनामा दिएका दाहालले आफ्नो सरकारले जनपक्षीय कार्य गर्न नसक्नुमा विपक्षीहरुलाई दोषी देखाए। ९ महिना अघि [...]
Continue reading …
प्रतिक्रियाहरु