बिदेसीको लगानि रहेको भन्दै तत्कालिन ब्रि्रोही नेकपा माओवादीले बाह्रबर्षअघि बन्द भएको पर्वतको मिसन अस्पताल सञ्चालनमा आउन नसक्दा अलपत्र परेको छ । अत्याधुनिक सेवा सुविधा र बैदेशिक जनशक्ति सहित स्थापना भएको हुवास मिसन अस्पताल बन्द भएपछि सो क्षेत्रका बासिन्दाहरुले सास्ती खेप्न बाध्य भएका छन् । २०५२ सालमा स्थापना भएको अस्पताल बन्द भएपछि गाउंलेले उपचारका लागि जिल्ला [...]
Continue reading …सन्तोष थापा/पर्वत, २६ माघ एक बर्षअगाडि मात्रै अनमी पदमा भर्ना भएकी हुवास उपस्वास्थ्य चौकीमा कार्यरत संगिता लामिछानेलाई यतिबेला भ्याइनभ्याइ छ । उनीमात्रै होइन उपस्वास्थ्य चौकीमा कार्यरत अन्य स्वास्थ्यकर्मीहरु पनि उत्तिकै फुसदिला छैनन् । स्वास्थ्य सम्बन्धि गाउँ गाउँमा सचेतना बढ्दै गएपछि स्वास्थ्य चौकीमा समेत सेवाग्राहीको भिड बढ्दै गएको हो । उक्त उपस्वास्थ्य चौकीमा अन्य विरामीहरुको तुलनामा [...]
Continue reading …सधैभरि फिल्म तथा टेलिभजनकोे पर्दामा देखिने नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल सोमवार एक्कासी पर्वतको एक कार्यक्रममा देखिए । टेलिभिजन र चलचित्रको पर्दामा देखेका दर्शकहरु प्रत्यक्ष भेट्न पाउँदा पर्वतबासीहरु तछाड मछाड गर्दै उनलाई देख्नका लागि घम्साघम्सी नै मच्चिएको थियो । अवसर जुटाएको थियो महान नेपाल काठमाण्डौले । संस्थाले स्थानीय लायन्स क्लव अफ कुश्मासिटीको व्यवस्थापनमा शान्ति, [...]
Continue reading …भूमिराज शर्मा/पर्वत लामो समयदेखि थाति रहेका शिक्षाकर्मीहरुका पेसागत तथा शैक्षिक माग पूरा गराउनका लागि दबावमूलक कार्यक्रम अर्न्तर्गत पर्वतका शिक्षाकर्मीहरुले जिल्ला शिक्षा कार्यालय पर्वतमा बिहान दश बजेदेखि दिउँसो तीन बजेसम्म कामरोक धर्ना सम्पन्न गरेका छन् । संयुक्त शैक्षिक आन्दोलन समिति २०६८ पर्वतको आयोजनामा सम्पन्न सो धर्ना कार्यक्रममा नेपाल शिक्षक युनियन र नेपाल शैक्षिक गणतान्त्रिक मञ्चमा आबद्ध [...]
Continue reading …प्रकाश पौडेल, पर्वत माघ ११ । पर्वत उद्योग बाणिज्य सँघको नयाँ कार्य समितिको हिँजो सम्पन्न निर्वाचनमा अध्यक्ष पदका नेकाका बिद्रोही उम्मेदवार रामकृष्ण कर्माचार्य विजयी भएका छन् । उनले प्रतिव्दन्दी नेकाका आधिकारिक उम्मेदवार विषमकुमार श्रेष्ठलाई जम्मा ४७ मतको अन्तरले पराजीत गरेका हुन् । अत्यन्तै कडा प्रतिष्पर्धा रहेको यस निर्वाचनमा अधिकाँश सदस्यहरुपनि कर्माचार्य पक्ष कै रहेका छन् [...]
Continue reading …पर्वत, ९ माघ । अब केही समयपछि गर्मी मौसम सुरु हुँदैछ । तपार्इँ स्वादिलो र धित मर्नेगरी विभिन्न स्वादमा बनेका पेयपदार्थ पिउन चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने अब म्याद नाघेका, गुणस्तरहीन र बाह्य देशबाट आयातीत वस्तु खोजिरहनु पर्दैन । बजारमा बहुर्राष्ट्रिय कम्पनीमार्फत उत्पादित विभिन्न किसिमका पेयपदार्थ बिक्री वितरण भइरहेका बेला पर्वतमा पहिलो पटक पेयपदार्थ उत्पादन [...]
Continue reading …भवानीप्रसाद शर्मा, पर्वत पुष २८ । महायज्ञको इतिहासमा विश्वमै पहिलो पटक कृष्णगण्डकी र मोदीनदीको किनार तथा पर्वत र बागलुङका सिमावर्ती क्षेत्रमा अवस्थित पर्वतको सदरमुकाम कुश्मा नजिकै रहेको मोदीवेनीमा शालिग्राम महायज्ञ साथै श्रीमद भागवत् महापुराण संचालन हुने भएको छ । हिन्दुधर्ममा विष्णु अवतारको रुपमा पुजा गरिने र विश्वमा नेपालमा मात्र पाईने शालिग्रामको संरक्षण, सम्ब्रद्र्धन एवं पहिचान [...]
Continue reading …पर्वत पुष ७ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सभासद अर्जुनप्रसाद जोशीले एकीकृत नेकपा माओवादी इमान्दार नबन्दा तोकिएको समयमा शान्ति र संविधान बन्न नसकेको बताएका छन् । पर्वतको चुवा गाविसमा रहेको मंगलोदय माविमा स्थापना भएको पुस्तकालयको बिहिवार उद्घाटन गर्दै जोशीले प्रतिवद्धता पुरा गर्न नसकेको माओवादीको सरकार पुर्ण रुपमा असफल बनेकाले प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ सरकारका [...]
Continue reading …रमेश रेग्मी बनमा अबैधरुपमा हातहतियार प्रयोग गरि कालिज मार्नेहरुलाई कारबाही गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले अबदेखी हातहतियार प्रयोग गरि बनमा कालिज मार्ने गरेको गुनासोपछि बन कार्यालयको समन्वयमा यस्तो तयारी गरेको हो । द्धन्द्धकालमा रहेका हतियार प्रयोग गरि बनमा कालिज मार्दा पछिल्लो केही बर्ष यता बनमा कालिजको संङख्या हराउदै गएपछि प्रहरीले यस्तो अभियान [...]
Continue reading …पर्वत पुष ४ । पर्वत जिल्लाको पर्यटकीय विकासका लागि पहिलोपटक आज सोमबार प्याराग्लाईडिङ्ग शुरु गरिएको छ । पर्वत पर्यटक प्रवद्र्धन केन्द्रको पहलमा पहिलोपटक प्याराग्लाईडिङ्ग शुरु गरिएको हो । काँग्रेसको आव्हानमा आज गरिएको बन्दका अवसर परेपनि प्याराग्लाईडिङ्ग गरेको स्थानीयवासीले रुचीपूर्वक अवलोकन गरेका थिए । सोमबार पहिलोपटक जिल्लाको सदरमुकाम कुस्मा नजिकै रहेको दुर्लुङ्ग गाविसको सल्यानबाट ६ वटा [...]
Continue reading …पर्वत पुष ४ । पर्वतको चित्रे उप–स्वाथ्यचौकीमा ५ बर्ष विति सक्दा पनि सरुवाको पत्र बुझेका अहेव नआउँदा विरामीले उपचारमा सास्ती खेप्नु परेको छ । अहेवको अनुपस्थितीमा ग्रामिण स्वास्थ्य कार्यकर्ता र मासिकाले विरामीको उपचार गर्न बाध्य छन् । अहेव शुभराज थापालाई भोक्सिङबाट सरुवा गरेर चित्रे पठाएपनि थापा अहिले सम्म हाजिर भएका छैनन । अहेव नभएपछि सामान्य [...]
Continue reading …बागलुङ पुष २ । ब्राह्मण समाज नेपालका केन्द्रिय अध्यक्ष नारायणप्रसाद अधिकारीले जातिय सद्भाव खलबलाएर नेताहरुले देशमा शासन गर्न खोजेको आरोप लगाएका छन् । ब्राह्मण समाज बागलुङको प्रथम जिल्ला अधिबेशनको शनिबार बागलुङमा उद्घाटन गर्दैै अध्यक्ष अधिकारीले यस्तो आरोप लगाएका हुन् । बर्षौ देखी एक भएर बसेका नेपाली समुदायमा जातिय नारा दिएर दलका नेताहरुले राज्यलाई बिखण्डन गर्न [...]
Continue reading …पर्वत पुष २ । पर्वत जिल्लाको सदरमुकाम कुस्माबजारमा संचालन भएको बृहत खेलकुद महोत्सवको अवसरमा आयोजना गरिएको पुरुष भलिबल प्रतियोगिताको उपाधी आर्थर डाडँखर्क गाबिसले हात पारेको छ । महोत्सबको सबैभन्दा आकर्षण र तिब्र प्रतिष्पर्धात्मक देखिएको उक्त प्रतियोगितामा तिलहार गाबिसलाई निराश बनाउदै आर्थर डाडाँखर्क गाबिसले उपाधी जितेको हो । प्रतियोगितामा सबैभन्दा शसक्त मानिएको आर्थर डाडाँखर्क गाबिसको टिमले [...]
Continue reading …पर्वत मंसिर २८ । पर्वतको सदरमुकाम कुस्मामा संचालन भएको बृहद खेलकुद महोत्सवको दोस्रो दिन मंगलबार भएको पुरुष भलिबल प्रतियोगितामा ८ समूह दोस्रो चरणमा प्रबेश गरेका छन । प्रतियोगितामा बिजयी हुँदै आर्थर डाडाखर्क, माझफाँट, कुर्घा, बनौ, क्याङ्ग(बी) जिल्ला प्रहरी कार्यालय, बाजुङ्ग र दुर्लुङ्ग गाबिसका समूह प्रतियोगिताको दोस्रो चरणमा प्रबेश गरेका छन् । भलिबलमा प्रतियोगितामा ४३ टिम [...]
Continue reading …पर्वतको क्याङ गाविस लेस्पारका महिलाहरुद्वारा उत्पादित अल्लोका सामाग्रीलाई उद्योग मार्फत उत्पादन गर्न थालिएको छ । विगत केही बर्षदेखि जंगलमा त्यत्तिकै सुकेर खेर गएको अल्लोलाई प्रबद्र्धन गरी धागो उत्पादनमा लागेका यहाँका महिला उद्यमीहरु उद्योग मार्फत सामाग्री उत्पादनमा लागेका हुन् । क्याङ ३ स्थित लेस्पारमा अल्लो उत्पादनमा क्रियाशिल महिलाहरुलाई लक्षित गरेर विभिन्न निकायको सहयोगमा साझा [...]
Continue reading …
प्रतिक्रियाहरु