Home » Archives by category » समाचार

नारच्याङ्गमा स्काभेटर पुरीदा चालकको मृत्यु

म्याग्दीको नारच्याङ ७ मौवाघारीमा शुक्रबार साँझ सडक खन्नेक्रममा स्काभेटरसँगै पुरीएर चालकको मृत्यु भएको छ । मिस्त्रीखोला जलविद्युत आयोजनाको प्रवेशमार्ग खन्ने क्रममा पटार गाउँ नजिकै पहिरोले क्याटर पिलर ३२० पिसी स्कारभेटर पुँरीदा चालक तनहुँ छिपछिपेका ३६ वषिर्य मलबहादुर गुरुङको मृत्यु भएको प्रहरी निरिक्षक प्रेम थापाले जानकारी दिनुभयो । प्रहरी निरिक्षक थापाका अनुसार सुख्खा पहिरो संगै स्काभेटर [...]

मधेसी जनअधिकार फोरम गणतान्त्रिकका सभासदहरुबीच कुटाकुट भएको छ । सभासद सुरिताकुमारी साहले अर्का सभासद एकबाल अहमद साहलाई थप्पड हानेका हुन् । ११ प्रदेश बनाउने प्रमुख दलहरुको सहमतिविरुद्ध हस्ताक्षर संकलन गरेका सभासद एकबालले पार्टी सभासद साहलाई पनि हस्ताक्षर गर्न भनेपछि विवाद सुरु भएको थियो । ‘मैले उहाँलाई हस्ताक्षर गर्नु भनेको मान्नु भएन र अरुलाई पनि डिस्टर्ब [...]

Continue reading …

बिभिन्न दलका मधेसी नेतालाई भेला पारेर आन्दोलन गर्न भारतीय दूतावासका कर्मचारीले उक्साएपछि माओवादी अध्यक्ष प्रचण्डले राजदूत जयन्तप्रसादलाई थर्काएका छन् । प्रचण्डले आज बिहान भारतीय राजदूत जयन्तप्रसादलाई आफ्नै निवासमा बोलाएर प्रचण्डले ‘यो तपाईहरुले के गर्नुभएको ? यसको परिणाम नराम्रो हुन्छ’ भन्दै जयन्तलाई गाली गरेका थिए । यस्तो तरिका ठिक नहुने भन्दै प्रचण्डले जयन्तलाई तुरुन्त सच्चाउन भनेका [...]

Continue reading …

अगन्धर तिवारी म्याग्दी, ५ जेठ बिभिन्न संघ, संगठन तथा जाती र जनजातीहरुले दैनिकजसो बन्द गरि विद्यालयमा अन्यौलको अवस्था सृजना भएको भन्दै म्याग्दीका नीजि विद्यालयहरु यहि जेठ २० गतेसम्मका लागि बन्द भएका छन् । आज प्याप्सन म्याग्दीको आकस्मिक बैठक बसी बन्दले शैक्षिक क्षेत्रमा नकारात्मक असर पारेको भन्दै वर्षे बिदामा पढाई सञ्चालन गर्नेगरि दुई साताका लागि सम्पुर्ण [...]

Continue reading …

हरि गिरी म्याग्दी,५ जेठ विभिन्न जातीय संगठनहरुले आव्हान गरेको नेपाल बन्दका कारणले आजपनि म्याग्दीको जनजिवन प्रभावित भएको छ । राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त संर्घष समितिले आव्हृन गरेको अनिश्चित नेपालबन्द फिर्ताभएता पनि राष्ट्रिय प्रजातन्त्र पार्टि नेपालको नेपालबन्दको असरपनि परेको छ । सदरमुकामबाट छुट्ने लामो र छोटा दुरिका सवारीसाधनहरु चल्न सकेका छैन भने सरकारी [...]

Continue reading …

अपाङ्गता भएका व्यक्तिहरुको हक, हित र अधिकार सुरक्षीत गरी स्थानिय स्रोत र साधनको परिचालन गर्दै उनीहरुको क्षमता विकास गर्ने उद्देश्यले म्याग्दीको विभिन्न्ा १७ गाविसमा गाँउ अपांग संजाल गठन गरीएको छ । गत सन २०११ देखी प्लान नेपालको सहयोगमा जिल्लाको विभिन्न १३ गाविसमा लागु भएको सामाजीक समावेसीकरण तथा विभेदरहीत परियोजना र अपाङ्ग भएका बालबालीकाहरुको शैक्षिक पहुँच [...]

Continue reading …

स्थानिय शान्ति समिति म्याग्दीले जिल्लाको ४१ ओटै गाविसमा गाविस स्तरीय शान्ति समिति गठन गरेको छ । गाउँ स्तरमा मेलमिलापको वातावरण सृजना गर्ने, शान्ति प्रवर्द्धन गर्ने र द्धन्द्धपिडितको अधिकारका लागि पहल गर्ने उद्देश्यले सवै गाविसमा समिति गठन गरिएको स्थानिय शान्ति समिति म्याग्दीका संयोजक देवेन्द्र केसीले बताए । स्थानिय विकास मन्त्रालयबाट पहिलो चरणमा १२ गाविसमा शान्ति समिति [...]

Continue reading …

काठमाडौ, जेष्ठ ५ – आन्दोलनरत ब्राह्मण, क्षत्री, दसनामी लगायतका जातीय समूहलाई आगामी संविधानमा आदिवासीमा सूचीकृत गर्न सरकार सहमत भएको छ । अनिश्चितकालीन आम हड्तालमा उत्रेको पहिलो दिन ‘राष्ट्रिय अखण्डता र जातीय सदभावका लागि संयुक्त संघर्ष समिति’ का प्रतिनिधिसँग सरकारले बिहीबार साँझ गरेको वार्तामा उनीहरूलाई आदिवासीमा सूचीकृत गर्ने ३ बुँदे लिखित सहमति भएको हो । सरकारी [...]

Continue reading …

संविधानको गाँठो फुक्नै लागेका बेला वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका एक अधिकारीले मध्य तराईका राजनीतिक नेतृत्वलाई आन्दोलन गर्न उक्साएका छन् । वाणिज्य दूतावासका राजनीतिक मामिला हेर्ने कन्सुलर एस.डी. मेहता बुधबार स्थानीय भिस्वा होटलमा पर्सा र बारा जिल्लाका कांग्रेस, एमाले र मधेसी फोरमका नेताहरूसँग अनौपचारिक रात्रिभोजमा सरिक थिए । त्यसक्रममा उनले ‘मधेसका लागि लड्न’ आग्रह गरेको सहभागी [...]

Continue reading …

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले ११ प्रदेशको प्रस्ताव फिर्ता वा आफूलाई स्वीकार्य सहमति नभए सरकारबाट बाहिरिने जनाएपछि १० वा १४ प्रदेशमा सहमति खोज्न थालिएको छ । ‘माओवादी अध्यक्ष प्रचण्डजी (पुष्पकमल दाहाल) ले प्रदेशको प्रस्ताव फिर्ता लिन सकिने बताउनुभयो । अब १० वा १४ प्रदेशको प्रस्तावमा सहमति खोजिने उहाँले बताउनुभएको छ,’ मोर्चाको एउटा घटक सद्भावना पार्टीका [...]

Continue reading …

अगन्धर तिवारी, म्याग्दी, जेठ ४ । विद्यालयको पढाइको बेवास्ता गर्दै विद्यार्थी, शिक्षक तथा गाउँ नै यार्सागुम्बा टिप्नका लागि हिमाली क्षेत्रतिर लागेपछि म्याग्दीको दुर्गम गाउँमा रहेका विद्यालयहरु विगत दुई महिनादेखि बन्द छन् । जिल्लाको पश्चिमी तथा अति दुर्गम मुदी गाविसको बुद्धिविकास माध्यमिक विद्यालय, मुदीकै चन्द्रज्योती निमावि, गुर्जाको जनकल्याण मावि लगायतका विद्यालयहरु चैत्र महिनादेखि बन्द भएका हुन् [...]

Continue reading …

अगन्धर तिवारी म्याग्दी, ४ जेठ मुस्ताङको कागबेनी गाविसमा सडक खन्ने क्रममा माथीबाट पहिरो आई डोजर पुरिँदा चार जनाको मृत्यू भएको पुस्टी भएको छ । कालीगण्डकी करिडोर अन्र्तगत कागबेनी झैते सडक खन्ने क्रममा हिजो साँझ एलएनटी डोजर पुँरीदा दुई चालक सहित चार जनाको मृत्यु भएको हो । मुस्ताङको छुसाङ गाविस –७, चैलेको जोगीमोरा भिरमा पुरीएको डोजरभित्र [...]

Continue reading …

शान्ति छन्त्याल,बागलुङ जेष्ठ ४ बागलुङ जिल्ला पश्चिम बुर्तिबाङ क्षेत्रका एक दर्जन बढि बालबालिकाहरु बालुवा बोक्न बाध्य छन् । बुर्तिबाङ गाविस वडा नं ७ सामास्थित जनकल्याण निमावि सामामा निमावि सञ्चालन गर्नका लागि दुई कोठे भवनको निर्माण कार्य अन्तर्गत गाउँका प्रत्येक घरधुरीले बालुवा ल्याउन आग्रह गरेपछि अभिभावकले नै ति बालबालिकालाई बालुवा बोक्न पठाउने गरेको उनीहरु बताउँछन् । [...]

Continue reading …

बागलुङ जेठ ३ । प्रमुख तीन राजनैतिक दलबीच हिँजो भएको सहमति अनुसार देशलाई एघार प्रदेशहरुमा बिभाजन गरिएको छ । कुन प्रदेशमा कुन कुन जिल्ला समावेश गरिएको छ भन्ने आधिकारिक नक्शा वा दस्तावेज सार्वजनिक नगरिएपनि प्रमुख तीन दलबीच प्रदेशको संख्यासँगै सीमामा पनि करिब करिब सहमति भएको बताईएको छ । तराईको भूभागमा तीनवटा छुट्टै र सुदूरपश्चिममा पहाडको [...]

Continue reading …

मुस्ताङ, जेठ ३ । मुस्ताङको कागबेनीदेखि लोमान्थाङ जोड्ने सडक खन्ने क्रममा मुस्ताङ टाईगर कन्ट्रक्सनको एलएनटी कोमात्सु दुई सय पिसी डोजर बुधबार छुसाङ गाविसको चैलेमा पुरिँदा सिन्धुपाल्चोक मेलम्चीका २८ वर्षिय अपरेटर रोहित माझी र माझीसँगै डोजरमै रहेका नाम ठेगाना नखुलेका सहयोगीको मृत्यु भएको प्रहरीले जनाएको छ । यो सडक लामा कन्ट्रक्सन काठमाडौले २०६७ देखि निर्माण गरिरहेको [...]

Continue reading …
Page 1 of 293123Next ›Last »