Home » Archives by category » लेख » विचार

योग नै हो जीवनको पारसमणि

Tweet योगाचार्य नवीन जुग्जाली आज विज्ञानले कम्प्यूटर आविष्कार गरेर गजबको काम गरिदिएको छ । जुन कम्प्यूटरबाट यो दुनियाँले धेरैभन्दा धेरै काम छिटो र छरितो ढंगबाट गर्न पाएको छ । कम्प्यूटरबाट जो जतिले फाइदा लिए वास्तवमा उनीरुको जीवन एक उचाईमा पुग्यो । आज विकसित देशहरुमा हेर्दा मान्छेले महिनौं दिनसम्म गर्नुपर्ने हरेक काम कम्प्यूटरबाट क्षणभरमै गरिदिन्छन् । [...]

विजय यात्रामा पूर्णविराम ।   ‘एब्सट्रयाक्ट’ चिन्तनको अवसान

Tweet प्रकटकुमार शिशिर “तिमीले घर र परिवार भन्यौं भने प्रगती कहाँबाट गछौं भन त प्रगती गर्नलाई तिमीले तिम्रो ठाउँ छोड्नुपर्छ, काठमाण्डौं आऊ यो भिडमा स्थापित भयौं भने भविष्य बन्छ ।” कारोबार दैनिकको बागलुङ संवाददाता भएर काम गरिरहेको समयमा अचानक समाचार सम्पादक विजयबाबु खत्रीले काठमाण्डौं आएर काम गर्न आग्रह गरेपछि मैले मेरो बाध्यता सुनाउँदा माथीका उद्गारबाट [...]

Continue reading …

Tweet सर्वोच्च शिखर सगरमाथाको मात्र सातपटक सफल आरोहण गरसिकेका पिटर एथेन्समा छिप्पिँदो उमेरसँगै हिमाल आरोहणको सोख पनि विस्तारै कम हुँदै थियो। र, उस्तै प्रकृतिको अर्को काममा हात हाले, जसले तत्कालीन रूपमा सगरमाथा आरोहणको जस्तो वाहवाही त दिँदैनथ्यो तर मानव सभ्यता र इतिहासको अध्ययनमा उनको योगदान सर्वोच्च शिखर चुम्दाको भन्दा कम महत्त्वपूर्ण भएन। हो, उनी हिमाल [...]

Continue reading …
रेमिट्यान्स:जसले धानिरहेछ देश

Tweet गत वर्ष यही समयमा नेपाल करिब रु.३० अर्ब शोधनान्तर घाटामा थियो। अर्थात् नेपाल भित्रिने विदेशी मुद्राको तुलनामा बाहिरिने धेरै हुँदा गत आर्थिक वर्षको पुसमा यस्तो भएको थियो। तर, नेपाल राष्ट्र ब्याङ्कका अनुसार यो वर्ष गत असोजमै रु.३० अर्ब बचत रहेको छ। शोधनान्तरतर्फ देखिएको यो सकारात्मक अवस्थाको मुख्य कारण विदेशमा काम गर्न जानेको सङ्ख्या वृद्धिसँगै [...]

Continue reading …

Tweet मुलुकको शैक्षिक गुणस्तर विभिन्न कारणले गर्दा खस्कँदै गएका बेला पछिल्ला वर्षहरूमा विश्वविद्यालयका विद्यार्थीमा मात्र नभई विद्यालय तहका कलिला विद्यार्थीमा समेत ‘गेसपेपर’ को लत बढेको पाइएको छ । बजारमा कक्षा ४ र ५ को अंग्रेजी विषयको गेसपेपर उपलब्ध छ भने कक्षा ६ देखिमाथिका त प्रायः सबै विषयका गेसपेपर पाइन्छन् । नेपाली बजारमा अहिले वाषिर्क करिब [...]

Continue reading …

Tweet साभार इकान्तिपुर डटकम संविधानसभाको म्याद थपिएको छ महिना बिनाउपलब्धि बितेको छ । बाँकी समयसीमामा पनि दलहरूको आपसी खिचातानीका कारण संविधान घोषणा हुनेमा आशंका जन्मिएको छ । कार्यतालिकाअनुसार यसबेला संविधानको पहिलो एकीकृत मस्यौदा आइसक्नुपथ्र्याे । राजनीतिक नेतृत्वले सुझबुझपूर्ण ढंगले काम गरेका भए यतिबेर पहिलो मस्यौदामाथिको टिप्पणी र छलफलले राष्ट्रिय बहस सिर्जना गर्ने थियो । गत [...]

Continue reading …

Tweet श्याम श्रेष्ठ देश भयावह राजनीतिक संकटमा जेलिएको बेला आमजनताको अपेक्षापूर्ण आँखा अब फेरि पहिलेकै जस्तो सशक्त नागरिक खबरदारीको खाँचोतर्फ केन्दि्रत देखिएको छ । दसवर्षे सशस्त्र द्वन्द्वको समयमा र ०६२/६३ सालको राजाको प्रत्यक्ष शासनबाट सिर्जित राजनीतिक संकटको बेला जब दलहरू ज्यादै कमजोर र अलोकपि्रय थिए, त्यतिबेला समस्या समाधानका लागि नागरिक आन्दोलनले खेलेको ऐतिहासिक भूमिकाका कारणले [...]

Continue reading …

Tweet साभार इकान्तिपुर श्याम श्रेष्ठ विश्व नै चकित पार्ने नेपालको ऐतिहासिक जनआन्दोलन, नेपालमा लोकतान्त्रिक गणतन्त्रको घोषणा, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा राज्यको निश्चित दायित्वसहित लोककल्याणकारी राज्यको बाटोमा नेपालको अग्रसरता, संघीय राज्य प्रणालीमा प्रवेश, धर्मनिरपेक्षता, महिला-पुरूष समानता, अत्यन्त समावेशी संविधानसभाको निर्वाचन प्रमुख दलहरू मिलुन्जेल र सहमतिको शासनको बाटोमा चलुन्जेल १२ बुँदे समझदारीपछिको अघिल्लो अढाइ वर्षमा [...]

Continue reading …

Tweet ekantipur.com कान्तिपुर संवाददाता काठमाडौ, आश्विन १२ – राष्ट्रपति रामवरण यादवले देशको बिग्रँदो राजनीतिक वातावरणबाट आफू चिन्तित भएको भन्दै कानुनी परामर्श तीव्र पारेका छन् । केही कानुनविद्सँग छलफल गरेको साता नबित्दै उनले नेपाल बार एसोसिएसनका प्रतिनिधिसँग सोमबार भेटेका हुन् । भेटमा राष्ट्रपतिले राजनीतिक गतिरोधले कसरी निकास पाउला भन्नेबारे छलफल गरेका थिए । ‘आठ-आठ पटक पनि [...]

Continue reading …

Tweet शिक्षाप्रेमी शिक्षा नियमावलीमा उल्लेख गरिएको छ- एक शैक्षिक सत्रमा हिउँदे बिदा वा वर्षो विदा दुवै गरी पैतालिस दिन विद्यालय बन्द रहनेछ । यसको आसय स्पष्ट छ, विद्यालयहरुको आफ्नो आवश्यकतालाई हेरेर विद्यालय पैतालिस दिन नबर्ढाई हिउँद वा वषायाममा दुइपटक विद्यालय बन्द गर्न सकिनेछ । विदाको अधिकारलाई नियमावलीले विद्यालय तहसम्म विकेन्द्रीकृत गर्दागर्दै पनि जिल्लाभर एकरुपता ल्याउने [...]

Continue reading …

Tweet अर्जुन प्रसाद बराल खड्क प्रसाद अर्थात के।पि। ओली नेपालको कम्युनिष्ट प्रजातान्त्रीक आन्दोलनका पृथक ब्यक्तित्व हुनुहुन्छ । एकिकृत माक्स्रबाद लेलिनबादका बरिष्ठ नेता एवंम पोलिटब्युरो सदस्य केपि ओली एमाले नेताहरुमध्ये एकिकृत माओबादी पार्टीको सबैभन्दा खरो र कटु आलोचक मानिनुहुन्छ । एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को नेतृत्वमा सरकार हुँने बेलामा गृह र रक्षा मन्त्रालयको [...]

Continue reading …

Tweet -चन्द्रप्रकाश बानियाँ भर्खर मात्र नेपाली काँग्रेसको जिल्ला तथा गाउँनगरहरुको निर्वाचन सम्पन्न भएको छ । सुनिन्छ यसपटकको निर्वाचनमा कार्यकर्ताहरुको उत्साहजनक सहभागिता देखियो रे ! निर्वाचित समितिहरुको नामनामेसी हेर्दा भने अधिकांश ठाउँमा पुरानै अनुहारहरुको नविकरण भएको देखिन्छ । हो म्याग्दीको सन्दर्भमा भने निर्वाचन परिणाम अलि फरक आएको जस्तो लाग्दछ । खास गरेर नवप्रवेशी काँग्रेस भुतपूर्व महापाच [...]

Continue reading …

Tweet चन्द्रप्रकाश बानियाँ “थर -ठेगाना) पनि, घर पनि छैन दाई मेरो……” । हिजो साँझ नयाँ नेपालको थोत्रो राजधानी हर्ेन आइपुगेका काँहिलादाइले यही पुरानो भाका घन्काउँदै मेरो कोठाभित्र छिरे । धेरै दिनपछि भेट भएका दाइसँग ढोगभेट र कुसलक्षेमको औपचारकता निभाईवरी गफगाफमा जमियो । ०६२/६३ को आन्दोलनताका दाइको काठमाडौं आगमन भएकै हो । उतिबेला माओवादीको स्थानीय सरकारसँग [...]

Continue reading …

Tweet साभार कान्तिपुर सरकार गठन गरेको १३ महिना पछि प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएका छन् । बुधबार साँझ राष्ट्रका नाममा सम्बोधन गरी प्रधानमन्त्री नेपालले राजीनामाको घोषणा गरेका हुन् । के भने प्रधानमन्त्रीले ? सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले देशवासीका नाममा गर्नुभएको सम्बोधन आदरणीय दिदी-बहिनी तथा दाजुभाइहरु !तेह्र महिनाअघि मैले प्रधानमन्त्रीको पद सम्हालेदेखि आजसम्म आइपुग्दा अनेकौं घुम्तीहरु [...]

Continue reading …

Tweet साभार कान्तिपुर/www.ekantipur.com मोहनविक्रम सिंह केहीअघि दुईखाले समाचार छापिए- पहिलो, राप्रपा नेपालले हिन्दुवादी पार्टीका रूपमा काम गर्ने र ‘हिन्दुत्व’ लाई आफ्नो मुख्य मुद्दा बनाउने । दोस्रो, माओवादीद्वारा ‘सांस्कृतिक राजा’ का अवधारणालाई समर्थन । उक्त पार्टीका अध्यक्ष कमल थापाले उक्त दुवै जानकारी दिएका थिए । थापा केही दिनपहिले विश्व हिन्दु सम्मेलनको कार्यक्रममा भाग लिन भारतमा गएका [...]

Continue reading …
Page 1 of 41234