बेनीअनलाइन
म्याग्दी फागुन २०
अनेरास्ववियु म्याग्दीको यहि फागुन २१ र २२ गते वेनीमा सम्पन्न हुन लागेको युवा सङघ म्याग्दीको ८ औ र अनेरास्वयूको १६ सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। जिल्ला सम्मेलनको तयारीको साथै संगठन विस्तारलाई तीव्र बनाएको छ । सो सम्मेलनको लागि बेनी देखि दर्वाङ र दाना सम्म मोटरसाइकल र्र्याली निकालेको थियो।उक्त सम्मेलनलाई युवा सङघका संस्थापक अध्यक्ष केपी शर्मा ओलि र अनेरास्वयूको केन्द्रिय अध्यक्ष रामकुमारी झार्की र महेश बस्नेट युवा संघका अध्यक्षले बेनीको खुल्ला मञ्चमा सम्बोधन गर्ने भएका छन।
संगठन विस्तार अभियान अन्तरगत दिपशीखा उच्च मावि कुहुँमा उर्मिला रेग्मीको अध्यक्षतामा ३७ सदस्यीय अनेरास्वियु उच्च मावि प्रारम्भिक कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा कर्णहादुर किसान, सचिवमा इन्द्रकुमार वस्याल, सहसचिवमा सुजाता केसी, कोषाध्यक्षमा लिल कुमारी सुवेदी र सहकोषाध्यक्षमा सुशिला केसी रहनुभएको छ ।
त्यस्तै संगगठनले मंगलवार नै भोजकुमारी अर्मजाको अध्यक्षतामा १ सय २४ सदस्यीय मावि प्रारम्भिक कमिटी गठन गरेको जनाएको छ । कमिटीको उपाध्यक्षमा, तुल वहादुर किसान, सविचमा पवित्रा राम्जाली, सहसचिवमा खिमवहादुर खत्री र कोषाध्यक्षमा दुर्गा खत्री रहनुभएको छ ।
उर्मिला रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटीका सदस्यद्धय प्रताप वानियाँ र भगवानको रामदामको उपस्थिति रहेकेा थियो । सुजाता केसीको स्वागत तथा शुभकामना मन्तव्य रहेको उक्त कार्यक्रमको संचालन सुशीला केसीले गर्नुभएको थियो ।


