रमेश रेग्मी
बागलुङ माघ २६
गैरसरकारी संस्था महासंघकी केन्द्रिय महासचिव शर्मिला कार्कीले नेपालमा रहेका गैरसरकारी सस्थाको बारेमा धेरै भ्रम रहेको हुदा त्यो भ्रमबाट मुक्त हुन सबैलाई आग्रह गर्नुभएको छ ।
शान्ती सुशासन र मानवअधिकारको सम्मान, समयमै नयाँ संविधान हाम्रो अभियान भन्ने नाराका साथ गैरसरकारी संस्था महासंघ नेपाल बागलुङ शाखाको पाँचौ अधिवेशन तथा दशौ साधारण सभाको आज बागलुङमा उद्घाटन मन्तव्य राख्दै कार्कीले सो आग्रह गर्नुभएको हो ।
एनजिओहरुको डलरमोह रहेका कारण तिनीहरुबाट सञ्चालित विकास दिगो नभएको गुनासो कार्यक्रममै उठेको बेला कार्कीले गैरसरकारी संस्थाले गरिब, सामाजिक न्याय, समावेशी, अधिकार र विकासका लागि काम गरिरहेकोले भ्रममा नपर्न आग्रह गर्नुभएको हो ।
उहाले गैरसरकारी संस्थालाई सरकारले संवेदनशिलमा नहेरेको बताउदै एनजिओहरु सरकारका समान्तर पनि नभएको र राजनितीक दलको दुश्मन पनि नभएको बताउनुभयो ।
नेपाली लोकतान्त्रिक आन्दोलनमा गैरसरकारी संस्थाले महत्वपर्ूण्ा भुमिका निर्वाह गरेको बताउदै उहाले दलहरु संविधान बनाउने कुरालाई विर्सेर सरकार गठन र विगठनमा लागेकाले जनमुखी संविधान बनाउनका लागि आफूहरुले खबरदारी गरिरहने बताउनुभयो ।
कार्यक्रममा एकिकृत माओवादीका सेक्रेटरी टेकबहादुर केसी, नेपाली काग्रेसका सभापति हरि प्रसाद श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष जनक पौडेल, राष्ट्रिय जनमोर्चाका सचिव धर्म कुवर, प्रमुख जिल्ला अधिकारी भरत पौडेल, स्थानिय विकास अधिकारी जनकराज पौडेल, उद्योग बाणिज्य सघका अध्यक्ष बसन्तकुमार श्रेष्ठ, पत्रकार राजेशचन्द्र राजभण्डारी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा महासंघको वाषिर्क प्रतिवेदन सचिव हर्रि्रसाद शर्माले गर्नुभएको थियो । कार्यक्रम महासंघ जिल्ला शाखा बागलुङका अध्यक्ष चण्डीप्रसाद शर्माको अध्यक्षता र सचिव हर्रि्रसाद शर्माको सञ्चालनमा भएको थियो । अधिवेशवेशनले आगामी नेतृत्व पनि चयन गर्ने छ ।
