
दिपेन र्राई
सिद्धान्त अधिकारी, म्याग्दीको खेलजगतद्वारा उत्पादित एक खेलाडी, जो हाल हुँदै गरेको ११ औं साग खेलमा नेपालको प्रतिनिधित्व गर्दै वङ्गलादेशको राजधानी ढाकामा आफ्नो खेल प्रदर्शन गर्न गइरहेको छ । एउटा सानो फुच्चे, चार सय मिटरको अन्तर सदनात्मक दौड प्रतियोगितामा दौडँदादौडँदै दौड ट्रयाकमै चिप्लेर लडेरै भए पनि उसलाई उछिन्ने प्रतियोगीलाई जितेरै छोड्यो । उसको त्यस्तो दौडने क्षमताको प्रशंसा धेरैले गरे । हामीलाई पनि लाग्थ्यो कि ऊसँग धेरै प्रतिभा छन् र आउने दिनमा ऊस्कुलको मात्र होइन, जिल्ला, क्षेत्र र देशकै लागि खेल्न सक्ने एउटा सशक्त जनशक्तिको रुपमा उत्रिनेछ, जो आज उसले गरेर देखाएको छ ।
धेरैको सपना हुन्छ, आफ्नो देशकै लागि खेल्ने र कुनै पनि क्षेत्रमा आफ्नो पहिचान बनाउने तर सबैको त्यस्तो सपना साकार हुँदैन किनकि त्यसको लागि अथक प्रयास र मेहनतको आवश्यकता पर्दछ । सिद्धान्तमा त्यो जोस, जाँगर र मेहनत छ, जसको बलले आज उनी त्यो ठाउँमा उभिन पुगेको छ ।

जुन दिनदेखि उसलाई आफ्नो प्रतिभाको पहिचान भयो, त्यस दिनदेखि नै उसमा एउटा जोस र उमङ्ग भरिएर आयो । उसको खेलप्रतिको इमान्दारिता अनि नियमित कोसिस देखेर म साथै विद्यालय परिवार तथा घरपरिवार दङ्ग परियो । जिल्ला र जिल्लाबाहिर हुने कुनै पनि प्रतियोगिताहरुको लागि ऊ सधैं तयार रहन्थ्यो र सबै प्रतियोगिताहरुमा सफलता हासिल गरेर छाड्थ्यो । भनिन्छ, निरन्तरता नै मानिसको सफलताको कडी हो । त्यस्तै ऊ खेलमा निरन्तर लागिरहृयो र आजको दिनसम्म आइपुग्उो । उसले आफ्ना सपना साकार तुल्याउन निरन्तर र कडा मेहनत गरिरहृयो । त्यसैले म्याग्दीको खुल्ला मञ्चको धुले मैदानदेखि सुरु गरेको दौडयात्रासँगै ढाकाको बङ्गाबन्धु रङ्गशालासम्म आफूलाई दौडाइरहेको छ । आज -माघ २४, २०६६) उसले भारत, श्रीलङ्का, भुटान, पाकिस्तान, अफगानिस्तान, माल्दिभ्स र आयोजकराष्ट्र बङ्गलादेशका खेलाडीहरुसँगै दिनको २ः३० बजे दौडने छ ।
उसको यो सफलताको ढोका खोल्नमा न्यू वेस्ट प्वाइन्ट उच्च आवासीय माध्यमिक विद्यालय, जहाँ उसले आफ्नो स्कुले जीवन बितायो, जिल्ला खेलकुद विकास समिति, म्याग्दी र जिल्ला शिक्षा कार्यालय म्याग्दी जसले माध्यमिकस्तरको खेलकुद प्रतियोगिताको आयोजना गरेर सिद्धान्तजस्तो खेल प्रतिभालाई जन्म दिने भूमिका खेलेका छन्, आदिको ठूलो हात रहृयो । हामीलाई अझै यस्ता धेरै खेलप्रतिभाहरु जन्माउनु छ साथै प्रशस्तै जन्माउन सकिन्छ भन्ने विश्वास पनि छ । त्यसका लागि विशेषगरी जिल्लाभित्र जिल्ला र विद्यालयस्तरीय खेलकुद प्रतियोगिताहरुको आयोजनाको खाँचो देखिन्छ ।
अन्त्यमा, अरु थुप्रै यस्तै सिद्धान्तहरु जन्माउन पाउFm जसले जिल्लाको मात्र नभई देशको इज्जत माथि उठाउन सघाउ पुगोस् । ११ औं साफमा प्रतिस्पर्धा गरिरहेको न्यू वेष्ट प्वाइन्टको उत्पादन तथा समग्रतामा भन्दा म्याग्देली उत्पादन एवम् दौड खेलाडी सिद्धान्तले देशको शिर अझै उचाईमा पुर्याउन सफल रहोस्, जिल्लाबासी, विद्यालय परिवार र मेरो तर्फाट यही लेखमार्फ् शुभकामना दिन चाहन्छु ।
लेखक दिपेन र्राई, वेस्ट प्वाइन्ट कलेजका खेल शिक्षक हुन् ।
