आफ्नो जिवन निर्वाह गर्न कहिले उपल्लो मुस्ताङ्ग, मनाङ्ग, उपल्लो डोल्पामा र तल्लो मुस्ताङ्गको उच्चहिमाली चरनक्षेत्रमा घुमन्ते जीवन बिताउँदै हिंड्ने मुस्ताङीहरु पछिल्लो समय चरन क्षेत्रको अभाव र विभिन्न जङ्गली जनावरको आक्रमणका कारण समस्यामा परेका छन् ।
मानव वस्तीबाट निकै टाडा भिन्न तरिकाले बसोबास गदैं आएको घुमन्ते यायावरहरु भनिने मुस्ताङी जंगली हिमचितुवा,खैरोब्वाँसो,जङ्गली भुस्याहा कुकुर लगाएतका जनावरले बारम्बार आक्रमण गर्न थालेपछि उच्च हिमाली क्षेत्रबाट विस्तापित भई अन्यत्र जान थालेको अन्नपर्ुण्ा संरक्षण केन्द्र लोमान्थाङका प्रमुख नरेन्द्र लामाले बताउनुभयो।
मुस्ताङका बासिन्दाले वातावरणसंरक्षकको नाम दिएको ति यायावरहरु पछिल्लो समय हिउँचितुवा र खैरो ब्वाँसालेे आफ्ना पशु र बालबालीकालाई बारम्बार आक्रमण गर्न थालेपछि विस्थापित हुन थालेका हुन् । सहकर्मी हरिकृष्ण गौतमका अनुसार डेढ वर्षा मात्र धालुङ र छुजुङक्षेत्रका परिवारले १ सय १३ भेडाच्याङ्ग्रा, ६ वटा याक तथा चांैरी गुमाउनुपरेको थियो भने पाँगा भन्ने स्थानमा आठ याक तथा चांैरी, लाउछे र छोन्हुपको एक गाउँमा सात याक तथा चौंरी, घमीको लेकक्षेत्रका परिवारका पाँच याक तथा चौरी जंगली जनावरको आक्रमणबाट मरेको लोमन्थाङका तत्कालीन कार्यालय प्रमुखहरु मनिषराज पाण्डेको टोलीले सन् २००५ मा गरेको एक अध्ययनप्रतिवेदनमा उल्लेख गरिएको छ ।
बन क्षेत्रलाई आफ्नो बासस्थान बनाउने ढोक्पाको समस्यालाई समाधान गर्न सकेमा वातावरणसंरक्षणमा महत्वपर्ुण्ा भुमिका खेल्ने जिल्ला भु-संरक्षण कार्यालयका प्रमुख हृदयकुमार श्रेष्ठले बताउनुभयो ।


