म्याग्दी जिल्लामा पहिलो पटक जिनी स्तरबाट संचालित बेनी हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले आफ्नो सेवा शुभारम्भ गरेको वार्षिक अवसरमा आज माघ१८ गते बृहत् स्वास्थ्य शिविरको आयोजना गरेको छ।
२०६५ साल मंसिर देखि सदुमुकाम बेनीको न्यूरोडबाट आफ्नो सेवा शुभारम्भ गरेको यस हस्पिटलले ४ हजार ८ सय विरामीको स्वास्थ्य परीक्षण गरिसकेको र २सय ६० जनाको निशुल्क परीक्षण गरेको हस्पिटलका प्रबन्ध निर्देशक सुवास कुमार श्रेष्ठले बेनीअनलाइनलाई बताउनु भएको छ।
हस्पिटलले इसिजी रगत तथा दिशापिसाब परिक्षण एक्सरे तथा भिडियो एक्सरे हर्निया पायल्सजस्ता रोगको अप्रेशन गर्दै आइरहेको छ। हस्पिटलले दिएको जानकारी अनुसार यो बृहत स्वास्थ्य शिविरमा नेपालका वरिष्ठ स्वास्थ्य विशेषज्ञहरुद्धारा विभिन्न रोगहरुको परीक्षण गरिने छ।



