Archive for ‘April, 2009’

नयाँ पदर्माग निर्माणमा गाउँले

नयाँ पदर्माग निर्माणमा गाउँले

ठाकुरप्रसाद आचार्य / म्याग्दी
यहाँको नारच्याङ, घार र शिखका बासिन्दाले अन्नपर्ूण्ा संरक्षण क्षेत्रमा जाने पर्यटकका लागि नयाँ पदमार्ग पहिल्याएका छन् । मुस्ताङ राष्ट्रिय सडक सञ्जालसँग जोडिएपछि उनीहरुले आफ्नै सक्रियतामा बैकल्पिक रुपमा ती पदमार्ग पहिल्याएका हुन् । यसबाट पर्यटन क्षेत्रमा सघाउ पुग्ने आशा उनीहरुले लिएका छन् ।
संसारकै प्रसिद्ध पर्यटकीय गन्तव्य स्थल [...]

टिटी तालमा चराको चहलपहल

टिटी तालमा चराको चहलपहल

सन्तोष गौतम
जोमसोम १५ बैशाख । मुस्ताङको कुञ्जो गाउँ बिकास समितिमा पर्ने धार्मीक तथा पर्यटकीय महत्वको टिटी ताल परिसरमा बसन्त ऋतुको आगमन सँगै बर्साईसर्राई गरेर आउने बिभिन्न जातका चराहरूको चहलपहल बढेको छ ।
बर्साई सर्राई गरेर आएका ढुकुर, कालिज, कल्चौरा, तित्रा, भ्याकुर, पानीहाँस लगायत ५० भन्दा बढी जातका पंक्षीहरूको चहलपहलले टिटी [...]

बुढेसकालको साथी इन्टरनेट

ठाकुरप्रसाद आचार्य-शिव)
म्याग्दीबैशाख १५ गते । युवा पुस्ता इन्टरनेटप्रति आकषिर्त हुनु स्वाभिाविकै हो तर उमेरले ढाँडा काटीसकेका जेष्ठ नागरिकहरूको इन्टरनेटप्रति मोहजाग्नु भने नौलो हुन सक्दछ । तर यहाँ नौलो मान्नुपर्ने कुरा छैन जिल्लाको दर्ुगम भेगमा रहेको राम्चेको नाँगी गाउँका बृद्घबृद्घाहरूको लागि भने इन्टरनेट असली साथी बनेको छ ।
यहाँ इन्टरनेट प्रयोगकर्तामध्ये जेष्ठ नागरिकहरूको संख्या बढ्दै गएको छ [...]

एक करोडको रगत बिक्री

एक करोडको रगत बिक्री

सन्तोष गौतम
जोमसोम १५ बैशाख । मुस्ताङको कोबाङ गाविसको बोक्सी खोलामा आयोजना भएको चौंरी मेलामा रू. एक करोड मूल्य बराबरको चौंरी गाईको रगत बिक्री भएको छ ।
बैशाख ५ गतेदेखि मंगलबारसम्म सञ्चालन भएको मेलामा करिब १६ हजार जना बिरामीले चौंरी गाईको आलो रगत पिएको आयोजक धौलागिरी चौंरीपालक कृषक समुहका अध्यक्ष लालप्रचाद [...]

युवाहरूको सक्रियतामा गाउँमा बिजुली बलेपछि स्थानियबासीमा खुसियाली

युवाहरूको सक्रियतामा गाउँमा बिजुली बलेपछि स्थानियबासीमा खुसियाली

सन्तोष गौतम
म्याग्दी १७ बैशाख । म्याग्दीको बरङजा गाविस सातबिसेमा स्थानिय युवाहरूको सक्रियतामा लद्युजलविद्युत परियोजना सञ्चालन भएपछि उज्यालोका लागि टुकी र दियालोमा निर्भर रहनुपर्ने समस्याबाट गाउँलेहरू मुक्त भएका छन् ।
सो गाउँका युवाहरूको सक्रियतामा बुधबारदेखि स्थानिय भोलेनीखोलाको पानीबाट सातबिसे लद्युजलविद्युत परियोजना सञ्चालनमा आएको हो । बर्षौदेखि उज्यालोका लागि टुकी र [...]

पुस्तकालयका पुस्तकहरु चोरी भए

पुस्तकालयका पुस्तकहरु चोरी भए

सन्तोष गौतम
म्याग्दी १७ बैशाख । म्याग्दीको ज्याम्रुककोट गाविस १ बगरफाँटमा रहेको जनचेतना पुस्तकालयमा रहेका पुस्तकहरु चोरी भएका छन् ।
पाँच बर्षघि पाँच हजार थान पुस्तकहरु भएकामा अहिले दर्ुइ हजार थान मात्र रहेको पुस्तकालयका अध्यक्ष ध्रुबसागर शर्माले बताउनुभयो । पाठकको अभावमा २०६० सालदेखि सो पुस्तकालय बन्द छ । चोरीका कारण महत्वपर्ुण्ा पुस्तहरू हराएको अध्यक्ष शर्माको [...]

पाँच सय जनालाई निशुल्क सिपमुलक तालीम प्रदान

पाँच सय जनालाई निशुल्क सिपमुलक तालीम प्रदान

सन्तोष गौतम
म्याग्दी १७ बैशाख । म्याग्दी उद्योग बाणिज्य संघले गत बर्ष२०६५ सालमा जिल्लाका विपन्न बर्गका पाँच सय जनालाई निशुल्क सिपमुलक तालीम प्रदान गरेको छ ।
न्युन आयस्रोत भएका विपन्न वर्गका ब्यक्तीहरूको आयस्तर बृद्धी गर्राई जिवनस्तरमा सुधार ल्याउने उद्देश्यले सिपमुलक तालीम प्रदान गरिएको म्याग्दी उद्योग बाणिज्य संघका कार्यालय सचिव डिलीप [...]

सभाषद्द्वारा गैरकानुनी काम गर्न दवाव, सभाषदलाई स्पस्टीकरण मागीने

सभाषद्द्वारा गैरकानुनी काम गर्न दवाव, सभाषदलाई स्पस्टीकरण मागीने

हरिकृष्ण गौतम
म्याग्दी, बैशाख १५ गते
मुस्ताङ जिल्लाका एकजना सभाषदले त्यहाँका एक गाविस सचिवलाई कानुन विपरित काम गर्न निर्देशन दिँदै सो कार्य नगरेमा जागीरबाटै हर्टाईदिने धम्की समेत दिएकी छन् ।
मुुस्ताङ जिल्लाबाट नेकपा एमालेका तर्फाट समानुपातीक उमेदवारका रुपमा संविधानसभामा पुगेका सभाषद टस्सी स्याङ्बो गुरुङसेनीले जोमसोम गाविसका सचिव उत्तम प्रसाद शर्मालाई सो कानुनविपरीतको निर्देशन दिँदै सो मान्न [...]

रायमाझी प्रधानन्यायधीश बन्ने पक्का

रायमाझी प्रधानन्यायधीश बन्ने पक्का

गोविन्द खड्का काठमाडौं, बैसाख १५/बरिष्ठताका आधारमा न्यायाधिश मिनबहादुर रायमाझी प्रधानन्यायधीश बन्ने लगभग पक्का भएको छ । मङ्गलबार बस्ने संवैधानिक परिषदको बैठकले बरिष्ठताका आधारमा रायमाझीलाई प्रधानन्यायधीशका लागि सिफारिस गर्ने भएको छ ।
सोमबार बसेको बैठकमा फोरम बाहेका दलहरुवीच सहमति भइसकेको र मधेसी जनअधिकार फोरम सहितको छलफलबाट अन्तिम निर्ण्र्ाागरिने संवैधानिक परिषद सचिवालय स्रोतले जानकारी दिएको छ । [...]

जीपले ठक्कर दिँदा एक महिला घाइते

जीपले ठक्कर दिँदा एक महिला घाइते

बागलुङ, बैसाख १५/मङ्गलबार बिहान ग १ ज २८५८ नम्वरको जीपले बागलुङ नगरपालिका अदालत रोडमा ठक्कर दिँदा बिहुँ- ७ घर भइ हाल बागलुङ बजार बस्ने ३५ वषर्ीय पार्वती सुनार घाइते भएकी छन् ।
घाइते सुनारको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । सडक छेउमा पानी भरिरहेको रहेको अवस्थामा सुनारलाई जीपले ठक्कर दिएको थियो । जीप र [...]

राप्रपाले जिबिसमा तालाबन्द गर्नेको चेताबनी

राप्रपाले जिबिसमा तालाबन्द गर्नेको चेताबनी

पशुपति समसेर राणा समर्थित राप्रपा म्याग्दीले जिल्ला बिकास समितिको र्सबदलीय संयन्त्रमा सहभागी नगराएमा जिबिसमा तालाबन्दी गर्ने चेताबनी दिएको छ ।
जिल्ला बिकास समितिमा लिखीत रुपमै र्सबदलीय संयन्त्रमा सहभागी गराउनकोलागी जानाकारि गराइएको र आगामी दिनमा सहभागी नगराएमा जिबिसमा ताला लगाईदिने चेतावनी राप्रपा म्याग्दीले चेताबनी दीएको छ । राप्रपाका केन्द्रीय सदस्य जगतप्रसाद गौचनको नेतृत्वमा जिबिस म्याग्दीमा डेलीकेसन गएको [...]

बुद्ध जयन्ती मुल समारोह समिति गठन

बुद्ध जयन्ती मुल समारोह समिति गठन

२६३३ औ बुद्ध जयन्ती एबं २५५३ औ बुद्ध पुणिर्माको अबसरमा बृहत कार्यक्रम गर्नको लागी म्याग्दी बौद्ध संघले मुल समारोह समिति गठन गरेको छ ।
बुद्ध जयन्ती मुल समारोह समितिको संयोजकमा म्याग्दी बौद्ध संघको अध्यक्ष रहेका छन् । त्यस्तै सदस्यहरुमा नेपाल मगर संघ, थकाली सेबा समाज, नेपाल छन्त्याल संघ, तमु सेबा समाज, नेपाल मगर बौद्ध सेबा समाज, [...]

‘सेनापति हटाए ज्ञानेन्द्रले मन्दमुस्कान गर्नेछन्’

‘सेनापति हटाए ज्ञानेन्द्रले मन्दमुस्कान गर्नेछन्’

माधव ढुङ्गेल, काठमाडौं, – संविधानसभा व्यवस्थापिका संसद्को बैठक आइतबार पनि अबरुद्ध भएको छ । सत्ताको नेतृत्व गर्ने एकीकृत नेकपा माओवादी र अन्य दलहरुबीच प्रधानसेनापतिलाई सोधिएको स्पष्टीकरणका बारे आरोप-प्रत्यारोप चलेपछि निर्धारित कार्यतालिकामा प्रवेशै नगरी लगातार चौथो दिन अबरुद्ध भएको हो। अवरुद्ध हुनुअघि बैठकमा बोल्दै कांग्रेस सभासद् रामशरण महतले कटवाललाई हटाए ज्ञानेन्द्रले मन्द मुस्कान गर्ने बताए।
बैठकमा बोल्दै [...]

प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव

प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव

काठमाडौं, – राष्ट्रपति रामवरण यादवले प्रधान सेनापति हटाउनु पहिले नेपाली कांग्रेस र नेकपा एमालेको समर्थन लिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएका छन्। नियमित भेटका क्रममा राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री दाहाल आइतबार मध्याह्न राष्ट्रपति कार्यालय पुगेका थिए। राष्ट्रपति कार्यालय स्रोतका अनुसार यादवले राष्ट्रिय राजनीतिमा असर पार्ने निर्णय गर्दा प्रमुख दलहरुसँग सहमति लिनु आवश्यक हुने राय प्रधानमन्त्रीलाई [...]

‘सुदको कुरा सुनेनन् प्रचण्डले’

‘सुदको कुरा सुनेनन् प्रचण्डले’

१३ बैशाख, काठमाण्डौं । नेपाली सेनाका सेनापति रुक्माङगद् कटवाललाई नहटाउन तिब्र दबाब दिएपनि भारतको कुरा प्रचण्डले नसुनेको एक भारतीय अखबारले जनाएको छ ।
सेनापतिकै बिषयमा विदेशमन्त्री प्रणव मुखर्जीसहितका नेताहरुसंग छलफल गरि फर्किएका भारतीय राजदुत राकेश सुदले आइतबार प्रचण्डलाई भेटी भारतको पुरानो अडान यथावत रहेको सुनाएपनि प्रचण्ड भारतको कुरा मान्न तयार नरहेको सो पत्रिकाले जनाएको छ ।
सेनापतिलाई [...]

Advertisement