Archive for the Category ‘National News’

माओवादीलाई फोरमको समर्थन

माओवादीलाई फोरमको समर्थन

कान्तिपुर संवाददाता
काठमाडौ, भाद्र २२ – प्रधानमन्त्री निर्वाचनका लागि निर्णायक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा विभाजन भएपछि माओवादीको पक्षमा समर्थन बढेको छ ।
मधेसी जनअधिकार फोरमले माओवादीलाई समर्थन गर्ने बताएकाले उसको पक्षमा मत बढ्ने देखिएको हो । यसअघिका पाँच निर्वाचनमा तटस्थ र आइतबार भएको छैटौं निर्वाचनमा ‘नो भोट’ गरेको फोरमले सोमबार माओवादीलाई मत दिने जनाएको छ ।
‘आगामी [...]

दबाबपछि प्रधानमन्त्री महासभामा नजाने

दबाबपछि प्रधानमन्त्री महासभामा नजाने

लोकमणि राई
काठमाडौ, भाद्र २२ – चर्को विरोधपछि प्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रसंघीय ६५ औं महासभामा भाग लिन न्युयोर्क नजाने भएका छन् । महासभामा न्युयोर्कस्थित राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि ज्ञानचन्द्र आचार्यले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।
सोमबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री नेपाल न्युयोर्क भ्रमणमा नजाने पुष्टि गरेका हुन् । उनका अनुसार जटिल राजनीतिक [...]

भोटेकोसीमा बस खस्यो,पाँचको मृत्यु,१० वेपत्ता

भोटेकोसीमा बस खस्यो,पाँचको मृत्यु,१० वेपत्ता

कान्तिपुर संवाददाता
सिन्धुपाल्चोक, भाद्र २१ – तातोपानीबाट बाहृबिसे आउँदै गरेको ना.२.ख ४०१३ नम्बरको बस भोटेकोसी नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । कम्तीमा १० जना हराइरहेका छन् ।
गाती गाविसको ढुंगाखानीमा बिहान १० बजे बस अरनिको राजमार्गबाट नदीमा खसेको हो । सिन्धुपाल्चोकका डिएसपी थानेश्वर रेग्मीका अनुसार बसमा १८ जना यात्रु सवार थिए । बसका चालक, सहचालक [...]

गोली हानी शिक्षकको हत्या

गोली हानी शिक्षकको हत्या

पवन यादव
बारा , भाद्र २१ – सशस्त्र हतियारधारी अज्ञात समूहले सोमबार अपरान्ह बारामा एक शिक्षकको गोली हानी हत्या गरेको छ । दुर्गा उच्च माविका शिक्षक बारा पुरैनिया २ निवासी अन्दाजी ३५ वषिर्य सुवाष पाण्डेको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
विद्यालयबाट घर र्फकने क्रममा दुई वटा मोटरसाईकलमा करीब ४/५ जनाको संख्यामा [...]

‘काम चलाउ गृहमन्त्री भएर एकछिन पनि बस्न मन छैन’

‘काम चलाउ गृहमन्त्री भएर एकछिन पनि बस्न मन छैन’

कान्तिपुर संवाददाता
काठमाडौ, भाद्र १८ – गृहमन्त्री भीम रावलले कामचलाउ गृहमन्त्री भएर एकछिन् पनि बस्न मन नभएको बताएका छन् । उनले भने, ‘राजीनामा दिइसकेको प्रधानमन्त्रीको मन्त्रीले के राजीनामा दिइराख्नु । तर काम चलाउ गृहमन्त्री भएर एकछिन पनि बस्न मन छैन ।’
उनले प्रधानमन्त्रीको चयन हुन नसक्दा यसको असर शान्ति सुरक्षाको क्षेत्रमा परेकाले शीघ्र प्रधानमन्त्रीको निर्वाचनका लागि राजनीतिक [...]

‘सुगौली सन्धीपछिकै खतरनाक अवस्था’

‘सुगौली सन्धीपछिकै खतरनाक अवस्था’

कृष्ण आचार्य
गोरखा, भाद्र १८ – माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले नेपालको वर्तमान अबस्था विश्वकै नौलो र निकै जटिलपूर्ण भएको बताएका छन् । उनले अहिलेको अवस्था सुगौली सन्धीपछि जस्तै खतरनाक रहेको बताए । ब्यबस्थापिका संसदबाट पाँच पटक सम्म प्रधानमन्त्री चयन गर्न नसकी मुलुक अनिर्णयको बन्दी बनाएकोप्रति भट्टराईले उक्त कुरा बताएका हुन् । गोरखास्थित द्रब्यशाह बहुमुखी क्याम्पसको रजत [...]

२० गते पनि दुबै पराजितः खनाल

२० गते पनि दुबै पराजितः खनाल

मकर श्रेष्ठ
भक्तपुर, भाद्र १८ – एमाले अध्यक्ष झलनाथ खनालले २० गतेको निर्वाचनमा पनि दुबै उम्मेदवार प्रधानमन्त्रीमा पराजित हुने बताएका छन् । उनले आफ्नो दलले प्रधानमन्त्रीको पद र कुर्सी मोहका लागि कसैलाई सहयोग नगर्ने बताए । उनले प्रधानमन्त्रीका दुबै प्रत्यासीले आफ्नो क्षमता र योग्यता देखाउन नसकेको टिप्पणी पनि गरे ।
युवा संघ नेपालको केन्द्रीय संगठन विभागद्वारा भक्तपुरको [...]

एमाले खनाललाई प्रधानमन्त्री बनाउने रणनीतिमाः संस्कृति मन्त्री

एमाले खनाललाई प्रधानमन्त्री बनाउने रणनीतिमाः संस्कृति मन्त्री

रासस
स्याङ्जा, भाद्र १७ – संस्कृति मन्त्री डा. मिनेन्द्र रिजालले झलनाथ खनाललाई प्रधानमन्त्री बनाउने रणनीतिका साथ एमाले अहिलेको प्रधानमन्त्रीय निर्वाचनमा तटस्थ बस्दै आएको आरोप लगाएका छन् ।
बीस गतेसम्म पनि सहमति हुनेमा आशङ्का व्यक्त गर्दै उनले मुलुक अनिर्णयको बन्दी हुनुको प्रमुख दोषी एमाले नै भएको र अहिलेको अन्यौलताप्रति सबै गम्भीर हुन पर्ने बताए ।
मन्त्री रिजालले स्याङ्जा सदरमुकाममा [...]

कांग्रेसका कुन-कुन युवा नेताहरुले उम्मेदवारी घोषणा गरे

कांग्रेसका कुन-कुन युवा नेताहरुले उम्मेदवारी घोषणा गरे

कान्तिपुर संवाददाता
काठमाडौं, भाद्र १५ – कांग्रेसका एक दर्जन भन्दा यूवा नेताहरुले आगामी महाधिवेशनका लागि उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको बाह्रौं महाधिवेशन आगामी असोज १ देखि ५ गतेसम्म राजधानीमा हुँदैछ ।
मंगलबार रिपोर्टर्स क्लबमा आधा दर्जन नेताहरुले उम्मेदवारी घोषणा गर्दै पार्टीलाई पुनर्जिवन दिने युवा नेताहरुको भूमिका महत्वपूर्ण रहेको बताए । दलित कोटाबाट उमेदवारी घोषणा गरेका यूवा [...]

लागुपदार्थसहित अमेरिकी पक्राउ

लागुपदार्थसहित अमेरिकी पक्राउ

केदार ओझा
काठमाडौं, भाद्र १५ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले मंगलबार साँझ एक अमेरिकी नागरिकलाई लागुपदार्थ सहित पक्राउ गरेको छ ।
विमानस्थल प्रहरी प्रमुख रमेशशेखर बज्राचार्यका अनुसार पक्राउ पर्ने ४५२०६०६३२ राहदानी बहाक अमेरिकाको क्यालिफोर्निया निवासी ह्यारिस क्यालोन हुन् । क्यालोनलाई प्रहरीले बिमानस्थभित्र पसे लगत्तै सामान ‘एक्स रे’ गर्ने स्थानबाट पक्राउ गरेका हो । उनको साथबाट अनुसन्धानमा सम्लग्न [...]

यस्तै अवस्था रहे शान्ति सुरक्षामा असर पर्छः गृहमन्त्री

यस्तै अवस्था रहे शान्ति सुरक्षामा असर पर्छः गृहमन्त्री

प्रतिमा बाँस्कोटा
काठमाडौ, भाद्र १० – गृहमन्त्री भीम रावलले लामो समयसम्म सरकारको गठन हुन नसक्नु मुलुकको लागि दुर्भाग्यपूर्ण रहेको बताएका छन् । उनले यस्तै अवस्था लामो समय रहे मुलुकको शान्ति सुरक्षामा असर पुग्ने चेतावनी पनि दिएका छन् ।
असारमा पूर्ण बजेट प्रस्तुत नहुँदा शान्ति सुरक्षाका लागि चाहिने आवश्यक बजेटको अभाव हुने तर्फ संकेत गर्दै उनले [...]

को थिए ती पाँच नेपाली यात्रु ?

को थिए ती पाँच नेपाली यात्रु ?

काठमाडौ, भाद्र १० – अग्नि एयरको डोर्नियर विमान दुर्घटनामा मृत्यु हुने १४ मध्ये ५ नेपाली यात्रु थिए । त्रिभुवन विमानस्थलबाट मंगललबार बिहान लुक्लाका लागि उडेको डोर्नियरका चालक दलका तीन जना पनि नेपाली नै थिए । मौसमका कारण अवतरण गर्न नसकी र्फकनेक्रममा मकवानपुरको शिखरपुरमा दुर्घटनाग्रस्त हुन पुगेको विमानका ती नेपाली यात्रुका परिवारजन बुधबार शोकाकुल थिए । [...]

यो सरकारले बजेट ल्याउन पाउँदैनः संस्कृति मन्त्री

यो सरकारले बजेट ल्याउन पाउँदैनः संस्कृति मन्त्री

ekantipur
कान्तिपुर संवाददाता
काठमाडौं, भाद्र ८ – नयाँ प्रधानमन्त्री चयनका लागि पटक-पटक भएको निर्वाचन व्यर्थै भइरहेका बेला सरकारकै एकजना बरिष्ठ मन्त्रीले वर्तमान सरकारलाई पूर्ण बजेट ल्याउन हैसियत नभएको बताएका छन् । बजेट ल्याउन भन्दा पनि छिटो प्रधानमन्त्रीको चयन गर्न तर्फ लाग्नुपर्ने उनको भनाइ छ ।
‘यो काम चलाउ सरकारलाई बजेट ल्याउने नैतिक हैसियत छैन,’ यहि सरकारले [...]

अग्नी एअरको विमान दुर्घटनाग्रस्त/चालक दलसिहत १४ जनाको मृत्यु

अग्नी एअरको विमान दुर्घटनाग्रस्त/चालक दलसिहत १४ जनाको मृत्यु

ekantipur
कान्तिपुर संवाददाता
काठमाडौ, भाद्र ८ – चालक दल सहित १४ जना यात्रु बोकेको अग्नी एअरको ९ एन, एएचइ, डि २२८ डोनियर विमान मकवानपुरको शिखरपुर गाविस वडा नं २ वस्तीपुरको हारे स्कूलको चौर नजिक मंगलबार बिहान दुर्घटनाग्रस्त भएको छ । स्थानीयका अनुसार विमान टुक्रा-टुक्रा भएर छरिएको र विमानमा सबार सबैको मृत्यु भएको छ ।
काठमाडौंबाट विहान ७ [...]

प्रधानमन्त्रीद्वारा एमआरपीमा ढिलाइ

प्रधानमन्त्रीद्वारा एमआरपीमा ढिलाइ

ekantipur
काठमाडौ, भाद्र ७ – मन्त्रिपरिषद्ले अख्तियारी दिएको १० औं दिन बित्दा पनि प्रधानमन्त्री माधवकुमार नेपालले पानीचित्रमा हस्ताक्षर नगरेपछि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) छपाइ प्रक्रिया अन्योलमा परेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाको विरोधका कारण प्रधानमन्त्रीले हस्ताक्षर नगरेको बैठकमा सहभागी एक अधिकारीले जनाए । बैठकमा प्रधानमन्त्री नेपाल र उपप्रधानमन्त्री कोइरालाका [...]

Advertisement