Archive for the Category ‘Baglunge news’

बागलुङ शाखाको प्रेस विज्ञप्ती

बागलुङ शाखाको प्रेस विज्ञप्ती

नेपाल पत्रकार महासंघ
बागलुङ शाखा
मितिः २०६७ भदौ १७
प्रेस विज्ञप्ती
आज मिति २०६७ भदौ १७ गते नेपाल पत्रकार महासंघ बागलुङ शाखाको बैठक अध्यक्ष हरिनारायण गौतमको अध्यक्षतामा महासंघको कार्यालयमा बस्यो । बैठकले गरेका निर्णयहरु निम्न रहेका छन ।
निर्णयहरु ः
१ नेपाली काँग्रेस जिल्ला समिति बागलुङ र तिनका भातृ संगठनहरुद्वारा २०६७ भदौ १४ गते सोमबार साँझ लालीगुराँसचोकमा [...]

सयपत्री एफ.एम.को आपत्ति

सयपत्री एफ.एम.को आपत्ति

सयपत्री एफ.एम. र एफ.एम.का अध्यक्ष जगन्नाथ आचार्यको नाम जोडेर स्थानीय एक दैनिक पत्रिकाले भ्रामक र कपोकल्पित समाचार प्रकाशित गरेको भन्दै सयपत्री एफ.एम.ले गम्भिर ध्यानाकर्षा भएको जनाएको छ ।
एफ.एम.का अध्यक्ष जगन्नाथ आचार्यले आज एक विज्ञप्ति प्रकाशित गरी ढोरपाटन राष्ट्रिय दैनिकमा युनिटी लिडर प्रकट पक्राउ शिर्षको समाचारमा सयपत्री एफ..एम. र अध्यक्ष जग्गन्नाथ आचार्यको नाम जोडेर भ्रामक तथा [...]

धौलागिरि फेरीमा पर्यटकको संख्यामा वृद्धि म्याग्दी जिल्लामा १ वर्षमा २९ हजार भित्रिए

धौलागिरि  फेरीमा पर्यटकको संख्यामा वृद्धि म्याग्दी जिल्लामा १ वर्षमा २९ हजार भित्रिए

प्रकटकुमार शिशिर
मुलुकको बढ्दौ असुरक्षा र अस्थिर राजनीतिका बाबजुत पनि धौलागिरी राउण्डमा विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ । अन्नपूर्ण फेरी पछि पर्यटकको रोजाईमा पर्ने धौलागिरि फेरीमा पर्यटकहरुको आगमनमा वृद्धि भएको हो । पर्यटकहरु धौलागिरी राउण्डको बेनीदरवाङमच्छे मुदी हुँदै मार्फामा पुग्ने गरेका छन् । सन्। २००९ को जुलाई महिनाको तुलनामा २०१०को जुलाईमा करिव २२ प्रतिशतले बृद्धि [...]

रेशनुन्थला उच्च मावि कक्षा ११ शुभारम्भ

रेशनुन्थला उच्च मावि कक्षा ११ शुभारम्भ

बागलुङ २३ साउन
रेश नुन्थला उच्च मावि रेशमा यस वर्षदेखि साचालन भएको दश जोड दुई अन्र्तगत कक्षा ११ को पहिलो कक्षा शुभारम्भ गरिएको छ । विद्यालयले आयोजना गरेको एक समारोहका बिच नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जब्बरबहादुर लामिछानेले दिप प्रज्वलन र उच्च माविका संयोजक भगवती थापा मगरले अध्यापन गरी कक्षा शुभारम्भ गरेका थिए ।
कक्षा शुभारम्भ कार्यक्रममा [...]

२७ केजी चरेस जलाइयो

२७ केजी चरेस जलाइयो

प्रकाश बराल
बागलुङ-, श्रावण १६ – डेढ महिना अघि बरामद गरिएको चरेस जिल्ला प्रहरी कार्यालय बागलुङले जलाएर नष्ट पारेको छ । जेठ २९ गते निसी गाविस ६ भलकोटकी थुनिमला बुढामगरको घरबाट प्रहरीले २७ केजी ७ सय ग्राम चरेस बरामद गरेको थियो ।
सुराकीको आधारमा घरमा लुकाइ छिपाइ राखेको अवस्थामा प्रहरीले उक्त परिणामको चरेस बरामद गरेको थियो [...]

पर्यटकीय क्षेत्र गाजादह संरक्षणका

पर्यटकीय क्षेत्र गाजादह संरक्षणका

जिल्लाकै अग्लो पर्यटकीय स्थानको रुपमा रहेको गाजादह संरक्षणको लागि निर्माण कार्य शुरु भएको छ ।
बागलुङको पर्यटकीय क्षेत्र अन्तरगत निकै आकर्षक मानिने सो ताल लोप हुन थालेपछि गाजादह संरक्षण तथा सामुदायिक विकास केन्द्र बागलुङले संरक्षणको काम शुरु गरेको हो ।
ताल संरक्षण लगायत सो क्षेत्रलाई पर्यटक आकर्षणको केन्द्रविन्दुको रुपमा अगाडि बढाउने गुरु योजना समेत तय भएको छ [...]

झाडापखालाका कारण सुत्केरीको ज्यान गयो

झाडापखालाका कारण सुत्केरीको ज्यान गयो

तीनदिनदेखि फैलिएको झाडापखालाका कारण बागलुङको खुंखानीमा एक सुत्केरीको ज्यान गएको छ ।
जिल्लाको पश्चिम क्षेत्र खुंखानी गाविस वडा नं। ७ नर्जाखानीकी २३ बर्षिय सुत्केरी गुनदेवि छन्त्यालको ज्यान गएको हो ।
झाडापखाला लागेपछि गाउँमा स्वास्थ्यकर्मी नभएका कारण बोकेर बुर्तिबाङ बजार ल्याइँदै गर्दा बाटैमा ज्यान गएको स्थानीय खिमबहादुर बि।s।ले जानकारी दिनुभयो ।
शुरुमा सामान्य झाडापखाला भन्दै वास्ता नगरेका कारण अस्पताल [...]

आज भानु जयन्ती बाग्लुङमा

आज भानु जयन्ती बाग्लुङमा

आदिकवि भानुभक्त आचार्यको १ सय ९७ औं भानुजयन्तीको अवसरमा धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले बन बाटिका गुठीमा भानुलाई सम्झँदै एक कार्यक्रम सम्पन्न गरेको छ ।
१९७ औं भानु जयन्तीको अवसरमा अवलोकन यात्रा, स्थलगत कविता लेखन, भानु चित्र लेखन साथै भानुभक्तका योगदानमाथि प्रकाश पार्ने कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी केशवराज घिमीरेले भानुको [...]

लोडसेडिङको जोखिममा बिश्वकप फुटबल

लोडसेडिङको जोखिममा बिश्वकप फुटबल

बाग्लुङका फुटबलप्रेमी भन्छन् ः हाकिम सा’प खेल हुने बेला लाइन देउ ।
दिल शिरीष
२९ जेठ, बागलुङ
बिश्वकप हेर्ने तिब्र इच्छाले प्रतिक्षारत बागलुङका अविन शर्मा त्यतिबेला निराश हुदै थिए जतिबेला उनी बिद्युत अवरुद्धका कारण र्सवाधिक चर्चित बिश्वकपको उद्घाटन खेल हेर्न नपाउने निश्चित हुदै थियो । उनी भाग्यलाई दोष दिदै भन्दै थिए बिश्वकप हेर्ने भाग्य छैन क्यारे, अरु [...]

प्रतिबेदन र्सार्वजनिकीकरण

प्रतिबेदन र्सार्वजनिकीकरण

रमेश रेग्मी
बागलुङ जेठ २९
मुस्ताङको लोमन्थाङमा प्रचलित बहुपती बिबाहको स्थलगत अध्ययन गरेका महेन्द्र बहुमुखी क्याम्पस बागलुङका बिद्यार्थीहरुले अनुसन्धान पश्चातको प्रतिबेदन आज र्सार्वजनिक गरेका छन ।
सो प्रतिबेदन र्सार्वजनिकीकरण कार्यक्रममा बोल्दै महेन्दं्रबहुमुखी क्याम्पस बागलुङका क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले बिद्यार्थीहरुको कार्य पंशसनिय भएको भन्दै सो कार्यले क्याम्पसको शिर उच्च बनाएको बताउदै बिद्यार्थीहरुलाई धन्यबाद दिनुभयो । साथै उहाले आगामी [...]

हतियार शान्ती मन्त्रालयमा पठाइयो

हतियार शान्ती मन्त्रालयमा पठाइयो

रमेश रेग्मी
बागलुङ जेठ २७
माओबादी लडाकु सहित नियन्त्रणमा लिएको माओबादी सेनाको हतियार जिल्ला प्रहरी कार्यलय बागलुङले शान्ती मन्त्रालयमा पठाएको छ ।
नेपालको शान्ती प्रक्रीयामा सघाउन सहयोग पुर्‍याइरहेकेा अनिमीनले टासेको स्टीकर र परीचय पत्र सहित माओबादी पोलिटब्युरो सदस्य हेमन्तप्रकाश ओलीका सुरक्षागार्ड शेरबहादुर पुनको साथमा रहेको हतियार शान्ती मन्त्रालयमा पठाएको हो ।
बागलुङको मालढुङगाबाट सुरक्षागार्ड पुन सहित साथमा रहेको हतियार [...]

बाग्लुङ युनिटी अस्पतालमा तालाबन्दी

बाग्लुङ युनिटी अस्पतालमा तालाबन्दी

रमेश रेग्मी
बागलुङ जेठ ४
युनिटी लाईफ हस्पिटल प्रालि बागलुङमा रकम फिर्तामा माग गदै सदस्यहरुले आज ताला लगाएका छन् ।
युनिटीका सदस्य रुद्र बहादुर महतको नेतृत्वको समुहले अस्पताल र प्रशासनिक भवनमा ताला लगाएका हुन् । सदस्यहरुले पत्रकारको रोवहरमा चापी बाग्लुङका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई बुझाएका थिए ।
[...]

दलहरु एकआपसमा मिलेर अगाडि बढनु पर्ने

दलहरु एकआपसमा मिलेर अगाडि बढनु पर्ने

रमेश रेग्मी
बागलुङ जेठ २
स्थायी शान्ती र नया संबिधानका लागि राजनीतिक दलहरु एकआपसमा मिल्नुको बिकल्प नभएको आज बागलुङमा आयोजीत कार्यक्रमका सहभागीले बताएका छन ।
४५ औ अखिल दिवसको अवसरमा स्थायी शान्ती र नया संबिधानका लागि बिद्यार्थी र युवाको भुमीका बिषयक अर्न्तक्रिया कार्यक्रममा बोल्ने वक्ताले [...]

माओबादीद्धारा चन्दा संकलन तिब्र

माओबादीद्धारा चन्दा संकलन तिब्र

रमेश रेग्मी
बाग्लुङ
मुलुकभर युद्धको तयारी भन्दै आत्म सुरक्षाको तालिम लिएको भनेको माओवादीले बाग्लुङमा पनि शारिरिक तथा राजनैतिक प्रशिक्षण सुरु गरेको छ ।
माओवादीले जिल्लाको ताराखोला गाविसमा प्रशिक्षण सुरु गरेको हो । ताराखोलाका दुर्गा भवानी माविमा प्रशिक्षण चलाईएको माओवादी निकट श्रोतले बताएको छ । प्रशिक्षणमा जिल्लाका करिव ३ सय युवायुवतीहरुको सहभागिता रहेको बताईएको छ ।
माओवादीका जिल्ला सेक्रेटरी पारशमणीले [...]

तिन दिनमा आगो नियन्त्रणमा आयो

तिन दिनमा आगो नियन्त्रणमा आयो

रमेश रेग्मी
बागलुङ बैशाख ५
बागलुङको दक्षिणभेक कुश्मीसेरा र अमलाचौरको सीमानाको सामुदायीक बनबाट बुधबार देखी लागेके आगो आज दिउसो पुर्ण नियन्त्रणमा आएको छ ।
बुधबार साझ ६ बजेबाट लागेके आगोले कुश्मीसेरा वडा नं १ को पुरान्नी सालघारी सामुदायीक बन,अमलाचौर ५ को भेडेखोर सामुदायीक बन,वडा नं ३ को कोट भैरब सामुदायीक बन,भकुण्डे गाबिसको नुवाकोट सामुदायीक बन र पैयुपाटा गाबिसको [...]

Advertisement